२० फागुन, काठमाडौँ । अनुदानको मकैको बिउमासमेत भ्रष्टाचार भएको तथ्य उजागर भएको छ ।
बिउ सप्लायर्स कम्पनीसँग मिलेर राष्ट्रिय बिउबिजन कम्पाी लिमिटेड तत्कालीन प्रबन्ध सञ्चालकसहित कर्मचारीले बिउ खरिद नै नगरी झुटो कागजात बनाएर भ्रष्टाचार गरेका छन् ।
मकै बिउ खरिदमा भएको हिनामिनामा बिउबिजन कमपनी लिमिटेडका प्रबन्ध सञ्चालक धर्मराज अधिकारीसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
अख्तियार दुपयोग आयोगले उनीविरुद्ध ४६ लाख १५ हजार २०१ विगो कायम गरेको छ । प्रबन्ध सञ्चालक धर्मराज अधिकारीविरुद्ध ९ वर्षको कैद सजायको माग दाबी छ । मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकबाट
वि.सं.२०७६ फागुन २० मंगलवार ०८:१४ मा प्रकाशित