Logo
२ कार्तिक २०७८, मंगलवार
     Tue Oct 19 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रधानमन्त्रीको अस्पताल प्रस्थानका बेला किन देखिएनन् वरिष्ठ नेताहरु ?



२० फागुन, काठमाण्डौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पाटी नेकपाका अध्यक्ष केपी शर्मा ओली भावुक मन्तब्य दिएर बालुवाटारबाट शिक्षण अस्पताल महाराजगंज जाने बेला नेकपाका अध्यक्ष प्रचण्ड लगायतका वरीष्ठ नेताको अनुपस्थितिलाइ बिभिन्न ढंगले टिप्पणी गरीएको छ ।

अध्यक्ष प्रचण्ड पछिको तेस्रो वरीयताका वरीष्ठ नेता झलनाथ खनाल र माधव नेपाल लगायत सचिवालयका अधिकांश मुख्य नेता नपुग्नु संयोग हो वा संचार समन्वयको अभाव हो भन्ने बारे बिभिन्न अनुमान गरीएका छन् । प्रचण्ड पक्षधर केहि कार्यकर्ताले पार्टीको ब्यस्त सेडयुललाइ कारण बताएका छन भने केहिले बालुवाटारको सचिवालयले नै समन्वय नगरेको भनेका छन् ।

प्रधानमन्त्री अस्पताल जानु अगाडि देशवासीका नाममा शंदेश दिएका थिए भने जानु अगाडि महासचिव बिष्णु पौडेल, नेता सुवास नेम्वांग, बिष्णु रीमाल, दीनानाथ शर्मा, सुर्य थापा, राजन भटराइ, केहि ओली पक्षिय मन्त्री, नेता र कार्यकर्ताले बिदाइ गरेका थिए ।
त्यस्तै त्यसभन्दा अगाडि दिउसो उपराष्ट्रपति नन्द बहादुर पुनले प्रधानमन्त्री निवासमैपुगेर सफल प्रत्यारोपण र स्वास्थ्यलाभको कामना गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेका हुन । ९० बर्षिय बाबुसंग आशिर्बाद लिंदै उनी सोमबार साँझ सवा ६ बजे अस्पताल पुगेका थिए ।

प्रधानमन्त्री ओलीलाई अस्पतालको मुख्य भवनको ‘एनेक्स टुु’ को बेड नम्बर ६०१ मा भर्ना गरी राखिएको जनाइएको छ । दुवै मिर्गौलाले काम गर्न छाडेपछि विसं ०६४ सालमा भारतको अपोलो अस्पतालमा उनले मिर्र्गाैला प्रत्यारोपण गराएका थिए । उनलाई पहिलोपटक भाइ बुहारी अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन् भने यो पटक ३२ वर्र्षीय भाञ्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिन लागेकी हुन् । मिर्र्गौला दानका लागि उनी दिउँसो ३ बजे नै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् ।

अस्पताल भर्ना हुनुभन्दा पहिले दिनभरी राजनीतिक भेटघाट, मन्त्रालयका सचिवहरुसँग छलफल तथा अन्य कार्यक्रममा सरिक भएका प्रधानमन्त्रीले देशवासीका नाममा भिडियो सम्बोधन गर्दै आफू मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना हुन लागेको बताउँदै समृद नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न मिर्गौला प्रत्यारोपणपछि थप उर्जाका साथ काममा फर्किने बताएका प्रधानमन्त्रीले भर्खर जागृत हुँदै गरेका सपनालाई ‘अलपत्र पारेर म अलप हुन्न’ भन्दै भावुक सम्बोधन पनि गरेका थिए ।

प्रधानमन्त्रीको यो स्वास्थ संवेदनाप्रति आफनै नेताहरुको ध्यान नपुगेको आक्रोश संजालहरुमा देखीएको छ ।

मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुभन्दा पहिले यसरी विदा भए प्रधानमन्त्री (तस्बिर सहित)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अनुरोध पछि प्रतिनिधि सभाको बैठक २ दिनका

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको