back

यी हुन् आज राष्ट्रियसभाको पदावधि सकिएका १९ सांसद, अर्थमन्त्री खतिवडाको मन्त्री पद कायमै रहने

वि.सं.२०७६ फागुन २० मंगलवार

447 

shares
GLOBAL IME AD
NTC AD

२० फागुन, काठमाडौं । दुई वर्षे कार्यकाल भएका राष्ट्रियसभाका १९ सांसदहरुको आजबाट पदावदी सकिने भएको छ । उनीहरुलाई आजै २ बजे बस्ने संराष्ट्रियसभा बैठकबाट बिदा गरिनेछ । आजै कार्यकाल सकिनेमा अर्थमन्त्री डा युवराज खतिवडा पनि छन् । उनी आजदेखि सांसद नभइ मन्त्रीमात्रै रहनेछन्।

सांसद नहुँदा पनि ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था छ । यहि व्यवस्थामा टेकेर उनको मन्त्री पद ६ महिनासम्म लम्ब्याउने तयारी सरकारको छ । नेकपा सचिवालयले खतिवडाको ठाँउमा उपाध्यक्ष बामदेव गौतमलाई उक्त सिटमा सांसद बनाउने निर्णय गरेको छ। यद्दपी प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको निर्णयको उलंङ्घन गर्दै खतिवडालाई नै दोहोर्‍याउने अडान लिएका छन् ।

सोमबारबाटै पदावधि सकिनेमा प्रदेश १ बाट सरिता प्रसाईं, हरिशरण शिवाकोटी, प्रदेश २ बाट रमेशप्रसाद यादव, मुक्ताकुमारी यादव, प्रदेश ३ बाट बलरामप्रसाद बाँस्कोटा, धनकुमारी खतिवडा, गण्डकी प्रदेशबाट सुरेन्द्रराज पाण्डे, बिन्दादेवी आले, प्रदेश ५ बाट मीना बुढा, दुर्गाप्रसाद उपाध्याय, कर्णाली प्रदेशबाट युटोल तामाङ, कालीबहादुर मल्ल, सुदूरपश्चिम प्रदेशबाट बद्रीप्रसाद पाण्डे, कमलाकुमारी ओली रहेका छन्।

त्यस्तै, खेमराज नेपाली, रामप्रित पासवान, राजकुमार कुँवर, वृषेशचन्द्रलालको पनि पदावधि सकिँदैछ। पदावधि सकिनु ३५ दिनअघि नै निर्वाचन गराइसक्नु पर्ने नियमअनुसार उनीहरुको ठाउँमा नयाँ सांसद निर्वाचित भइसकेका छन्।

राष्ट्रियसभाको बैठक दुई बजे बस्दैछ। त्यसअघि आज बिदा हुने सांसदहरुको सामूहिक तस्बिर खिच्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ। नयाँ निर्वाचित सांसदहरुको भने बुधबार ११ बजे सपथग्रहण हुने भएको छ।

वि.सं.२०७६ फागुन २० मंगलवार ११:२५ मा प्रकाशित

धरानवासीलाई खानेपानी उपलब्ध गराउन सांसदहरुको माग

धरानवासीलाई खानेपानी उपलब्ध गराउन सांसदहरुको माग

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले सुनसरीस्थित धरानवासीका निम्ति खानेपानीका लागि पहल...

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं...

जनमतकी समानुपातिक सांसद गुरुङले दिइन राजीनामा

जनमतकी समानुपातिक सांसद गुरुङले दिइन राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेशसभाका सांसद गीता गुरुङले पदबाट राजीनामा दिएका...

प्रधानमन्त्री ओलीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

प्रधानमन्त्री ओलीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर-संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का...

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको...

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...