back

पूर्वसभासद् घिमिरे मृत फेला

वि.सं.२०७६ फागुन २० मंगलवार

231 

shares
RBB AD
NTC AD

२० फागुन, भद्रपुर । तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका छन्।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको हो ।

झापाको मेचीनगर–१३ दुहागढी घर भएका उनले आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेकोे पारिवारिक स्रोतले बताएको छ । तीन दिनअघि दाह्री काट्न घर नजीकैको “चारआली बजार जान्छु” भनी घरबाट बाहिरिएका उनी त्यसपछि सम्पर्कविहीन थिए ।

उनको शव बागडोग्रा मेडिकल कलेजमा राखिएको छ । नेपालबाट गएका मृतकका भाइ नरेन्द्रले शव पहिचान गरेका प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए । विसं २०२३ देखि कम्युनिष्ट आन्दोलनमा लागेका ६५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नं १ मा तत्कालीन नेकपा (माओवादी)का तर्फबाट सभासद् निर्वाचित भएबा थिए ।

उनले झापा विद्रोहपछि पक्राउ परी नौ वर्ष कारागारको सजाय भोगेका थिए । नख्खु कारागार तोड्नेमध्ये उनी पनि एक थिए । भारतीय प्रहरीले उनी एशियाली राजमार्गमा अज्ञात गाडीले ठक्कर दिएर दुर्घटनामा परेको र घटनास्थलमै मृत्यु भएको जानकारी दिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । मृतक घिमिरेका पत्नी, एक छोरा र दुई छोरी छन् । रासस

वि.सं.२०७६ फागुन २० मंगलवार १३:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिमण्डल विस्तारः पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप

मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिमण्डल विस्तारः पाँच मन्त्री एवं दुई राज्यमन्त्री थप

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँच मन्त्री र...

हात्ती धपाउन साइरनजडित अत्याधुनिक ‘ड्रोन’को प्रयोग

हात्ती धपाउन साइरनजडित अत्याधुनिक ‘ड्रोन’को प्रयोग

झापा । मानव–हात्ती द्वन्द्व न्यूनीकरण गरी वन क्षेत्रमा हुने चोरी...

पहिले जङ्गल, झाडी र खोलाले ढाकेको ओशो पार्क’ अहिले पर्यटकको रोजाइमा

पहिले जङ्गल, झाडी र खोलाले ढाकेको ओशो पार्क’ अहिले पर्यटकको रोजाइमा

धरान । । धरान उपमहानगरपालिका–१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक...

नेपाली कागजबाट मनग्य आम्दानी गर्दै पासाङ, खर्च कटाएर मासिक एक लाख बचत

नेपाली कागजबाट मनग्य आम्दानी गर्दै पासाङ, खर्च कटाएर मासिक एक लाख बचत

फुङ्लिङ (ताप्लेजुङ) । फुङ्लिङ नगरपालिका–६ स्थित छिरिङ नेपाली हाते कागज...

दुई दशकदेखि बेपत्ता शमशेर घर फर्किए

दुई दशकदेखि बेपत्ता शमशेर घर फर्किए

बेलबारी (मोरङ) । दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका–११ का शमशेरबहादुर...

रोजाइमा आकर्षक र टिकाउ बेतका फर्निचर

रोजाइमा आकर्षक र टिकाउ बेतका फर्निचर

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–१० का ७० वर्षे रामबहादुर तामाङ...