२० फागुन, न्युजिल्याण्ड । प्रवासी नेपाली एकता मंच न्युजिल्याण्डले प्रधानमन्त्रीको सफल मिर्गौला प्रत्यारोपण तथा स्वास्थ्यलाभको कामना गरेको छ ।
मन्चले मंगलबार एक विज्ञप्ति जारी गरेर मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्रीको सफल प्रत्यारोपण तथा शिघ्र स्वास्थ्यलाभको कामना गरेको हो ।
मन्चका अध्यक्ष आत्माराम खनाल र सचिव मिलन जी.सीद्धारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ‘सिंगो नेपाल र सम्पूर्ण नेपाली तपाईको पूर्ण स्वास्थ्यलाभ÷प्रत्यारोपण सफलताको प्रतिक्षामा छ । प्रवासी नेपाली एकता मन्च न्युजिल्याण्ड सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्षज्यूको सफल सल्यक्रिया, सफल प्रत्यारोपण र शिघ्र स्वास्थ्य लाभको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।’
प्रवासी नेपाली एकता मन्च कतारद्धारा प्रधानमन्त्रीलाई सफल प्रत्यारोपणको कामना
वि.सं.२०७६ फागुन २० मंगलवार १५:१९ मा प्रकाशित