Logo
१० कार्तिक २०७८, बुधबार
     Wed Oct 27 2021
E-paper
  English Edition
   Unicode
Logo

नेपाली समाज अमेरीकाको चियापान कार्यक्रम सम्पन्न



२० फागुन, अमेरिका । नेपाली समाज अमेरीकाले न्यूयोर्कमा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष समीर महर्जनले उक्त चियापान कार्यक्रमको भेलालाई सम्बोधन गर्दै नेपालमा संघीयता लागू गर्ने क्रममा प्रदेशको नामकरण पहिचानको अधारमा राख्नु पर्नेमा धमाधम भूगोलको आधारमा राखीदै आएको बताए ।

‘यो कोशी, गण्डकी, बागमती, सगरमाथा जस्तो नाम त पहिले देखी नै थियो । यो प्रकृयाले देशलाई अग्रगमन होइन, पश्चगमनतिर लादैछ, अध्यक्ष मर्हजनले भने, ‘बिभिन्न देशहरुमा पहिचान नामकरण भएको थुप्रै उदाहरणहरु छन् । नेपालमा पनि पहिचान सहितको संघीयताले मात्र सही अर्थमा जनताले अपनत्व महशुस गर्न सक्छन् ।’

अध्यक्ष मर्हजनले संविधान संशोधन गरेर सम्पूर्ण नेपालीको हकअधिकार सम्बोधन हुने संविधान बनाउनु पर्ने समेत बताएका थिए ।

 

नेपाली महाबाणिज्य दूतावासका प्रतिनिधी गणेश अधिकारीले सबै नेपाली मिलेर भिजिट नेपाल २०२० लाइ सफल पार्नुपर्ने बताएका थिए ।
नेपाली समाज डीएमभीपी अध्यक्ष मिलन राईले अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की समक्ष नेपाली समुदायको समस्याको बारेमा छलफल गर्न खोज्दा भेट दिन कन्ज्युस्याई गर्ने र तलब भत्ता पचाउनु घुमफीरमा मात्र व्यस्त भएको आरोप लगाउँदै सरकारले निगरानी गर्नुपर्ने बताए । ‘नेपाली जनताले तिरेको करबाट तलब भत्ता खाने तर सोहि जनताको समस्या सुन्न नचाहने राजदूतको काम छैन ।’ उनले भने ।

त्यसैगरी फिप्नाका अध्यक्ष लोक चेम्जोङ्गले नेपाली जनताले पहिचान खोजीरहेको तर सरकारले उल्टो काम गरी रहेकोले सरकार तथा राजनीतिक दलहरुले गम्भीर भएर सोच्नु पर्ने बेला आएको बताए ।

 

उक्त भेलामा एनआरएनएका बि आर लामा, सुर्य लम्साल, शेर्पा किदुंकको उर्गेन शेर्पा, जनसम्पर्क समितीका अमर तामांङ,घ्यालसुँदो सेवा समाजका निमा लामा, प्रवाशी नेपाली मंचका राधाकृष्ण देउजा लगायतले आफ्नो भनाइ राखेका थिए ।

नेपाली समाजका कोषाध्यक्ष निला जवेगुको स्वागत भाषण तथा महासचिव मनु लोहोरुंग राइको कार्यक्रम संचालन रहेको उक्त अवसरमा नेपालीहरुको २०२० साल भरीको महान चाडहरु माघे संक्रान्ती, इद, छठ ,जितिया पर्व, लोसार, येले तंग्बे, साकेलाको सुखद उपलक्षमा सम्पूर्ण नेपालीलाई भेटघाट गर्ने र शुभ कामना आदान प्रदान गर्ने हेतुले वर्षेनी यस्ता कार्यक्रमहरु गरिदैं आएको समाजका सदस्य केशब राम राईले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुधबार बेलुका सिंहदरबारमा अचानक गोली चलेको छ । तर, उक्त गोलीले कसैलाई

काठमाडौं । गैरआवासीय नेपाली संघको फाउण्डेशन विधिवत रुपमा दर्ता भएको छ । गैरआवासीय नेपाली

बलिउड नायिका कटरिना कैफले आफ्ना प्रेमी नायक विक्किी कौसलसँग लगन गाँठो कस्ने भएकी छन्

काठमाडौं । एकसातादेखि निरन्तर बढिरहेको सुनको मूल्य आज एकैदिन ६०० रुपैयाँले घटेक छ ।

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको