Logo
२ कार्तिक २०७८, मंगलवार
     Tue Oct 19 2021
E-paper
  English Edition
   Unicode
Logo

कोरोनाको कहरले जापानका नेपाली आत्तिदा राजदूत भने नेपालमै आनन्द !



२१ फागुन,काठमाण्डौं । चीनको वुहानबाट सुरु भएर संसारका झण्डै ७५ देशमा फैलिइसकेको कोरोनाको कहरले जापानका नेपालीलाई पनि त्रासमा दिन बिताउन बाध्य पारेको छ ।

बाबुआमा अनि आफ्नो जन्मभूमि छोडेर पराई देशमा पौरख गर्न तथा अध्ययनका लागि गएका नेपालीको पराई भूमिमा आफ्नो घर भनेको नेपाली दूतावास र अभिभावक भनेको राजदूत नै हुन् । राजदूतको बलियो अभिभावकत्वमा कुनै पनि देशमा रहेका नेपालीले आफूलाई सुरक्षित महसुस गर्न पाउँछन् । तर, यतिबेला जापानका लागि नेपाली राजदूत प्रतिभा राणा भने एक महिनादेखि स्वदेशमै अलमल गरेको बुधबारको जनआस्था साप्ताहिकमा समाचार छ ।

झण्डै ९० हजार नेपाली रहेको जापानको राजदूतावास अहिले राजदूतविहिन यानी अभिभावक बिहिन रहेको छ । कोरोना संक्रमित देशमा रहेका आफ्ना नागरिकको सुरक्षामा अन्य देशमा रहेका राजदूतले जनचेतना सम्बन्धी लाइभ कार्यक्रम, प्रेस विज्ञप्तिमार्फत् जनचेतना लगायतका कार्यक्रमहरु गरिरहँदा जापानमा भने देशका तर्फबाट गरिनुपर्ने जनचेतनाका कार्यक्रमहरु शून्य नै देखिन्छन् ।
९० हजार नेपाली रहेको जापानमा उद्धार, सुरक्षा र परिस्थितिको सुनुवाई गर्नुपर्ने राजदूत एकमहिनादेखि स्वदेशमै अलमलिँदा नेपालीहरु पीडामा परेका हुन् । उनले उद्धारका कुनै पहल गरेकी छैनन् ।

चीनका लागि नेपाली राजदूत पौडेलको कार्य सम्पादनमा खोट देखाउँदै गतसाता मन्त्रिपरिषद्ले फिर्ता बोलाउने निर्णय लिएको छ । भनिएको छैन– उनले कुन कार्य सम्पादनमा कैफियत निकाले ? कोरोनाको प्रकोप सिंगो चीनमा फैलिँदा राजदूत लीलामणि पौडेल चीनमै थिए । कोरोना छिर्यो भन्नासाथ काठमाण्डौंतिर हान्निएकी प्रतिभाको कार्य सम्पादनमा सरकारले ‘खोट’ नदेख्नु अचम्म लाग्दो छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अनुरोध पछि प्रतिनिधि सभाको बैठक २ दिनका

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको