
२१ फागुन, काठमाडौं । डा युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा जानुअघि खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् ।
खतिवडालाई अर्थमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
खतिवडाले आजै अपराह्न ४ बजे राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनीयताको सपथग्रहण लिनेछन् ।
राष्ट्रियसभा सदस्यको दुईवर्षे कार्यकाल सकिएकै दिन मंगलवार खतिवडाले मन्त्रीबाट राजीनामा दिएका थिए ।
वि.सं.२०७६ फागुन २१ बुधवार ११:०९ मा प्रकाशित