Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

कोरोनाको उच्च जोखिम रहेको भन्दै गण्डकी प्रदेशमा ‘टास्क फोर्स’ सक्रिय



२१ फागुन, चिप्लेढुङ्गा । चीनको नाकासँग गण्डकी प्रदेशको सीमा जोडिएकाले यस प्रदेशमा उच्च जोखिम रहेको अनुमान गरिएको छ ।

गत माघ १२ गते कोरोना भाइरस नियन्त्रण र प्रतिकार्यको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्मा संयोजकत्वमा गठित ‘टास्क फोर्स’ सक्रिय भइ काम गरिरहेको छ ।

अहिले कोराना भाइरस सङ्क्रमितका लागि भनेर अस्पतालमा दुई हब र २७ सेटेलाइट अस्पताल तोकिएका निर्देशक शर्माले जानकारी दिए । उनले कोरोनाको जोखिम न्यूनीकरणका लागि चार अस्पतालमा आइसोलेसन वार्ड तयार गरिएको बताउनुभयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको क्षेत्रीय अस्पतालमा तीन, चरक मेमोरियल नागढुंगामा २७, मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५ गरी ६० श्याको आइसोलेसन वार्ड तयार गरिएको डा शर्माले जानकारी दिए ।

उनले क्वारेन्टाइन स्थलको पनि खोजी भइरहेको बताए । “क्वारेन्टाइनका लागि सम्भावित स्थल खोजी भइरहेको छ”, डा शर्माले भने, “सन् २००२ देखि यस्ता भाइरस देखा पर्दै आइरहेका छन्, अब प्रदेशस्तरमा एउटा विशिष्टकृत सरुवा रोगसम्बन्धी छुट्टै अस्पताल तत्काल निर्माण हुनुपर्ने आवश्यक देखिन्छ, यसमा प्रदेश सरकार गम्भीर हुनुपर्छ ।”

उनले प्रदेशमा सम्भावित बिरामीको नमूना सङ्कलन तथा सावधानीका लागि चिकित्सकले लगाउने जम्मा २४ सेट पिपिइ (पर्सनल प्रोटेक्सन इक्विपमेन्ट) रहेका र जुन पर्याप्त नभएको उनको भनाइ छ । विशेष प्रकारको हेल्मेट, पन्जा, मास्कलगायत सामग्री प्रदेश निर्देशनालयले रु पाँच लाख बराबरका खरिद गर्ने तयारी गरेको उनले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।