back

काँग्रेसले दश हजार प्रशिक्षकद्धारा पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने

वि.सं.२०७६ फागुन २१ बुधवार

348 

shares
GLOBAL IME AD
NTC AD

२१ फागुन, काठमाण्डौं । नेपाली काँग्रेसले पार्टीका पाँच लाख क्रियाशील सदस्यलाई प्रशिक्षण दिने कार्ययोजना प्रस्तुत गरेको छ ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख एवं केन्द्रीय उपसभापति विमिलेन्द्र निधिको अध्यक्षतामा आज बसेको प्रतिष्ठानको बैठकमा उक्त कार्ययोजना प्रस्तुत गरिएको हो ।

प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरु, जिल्ला प्रशिक्षण शाखाका प्रमुख (जिल्ला उपसभापतिहरु) को संयुक्त बैठक आज पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए । बैठकले ७७ वटै जिल्लाका छ हजार ७४३ वडामा सञ्चालन गर्ने प्रशिक्षण कार्यक्रमका लागि दश हजार प्रशिक्षण प्रशिक्षक तयार गर्ने कार्ययोजना अनुमोदन गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै उपसभापति निधिले ७७ वटै जिल्ला र १३० प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रशिक्षण शाखा गठन गर्न जिल्ला प्रशिक्षण शाखाका प्रमुखलाई निर्देशन दिएका थिए । बैठकमा जिल्ला प्रशिक्षण शाखाका प्रमुखहरुले आआफ्नो धारणा राखेको सचिव आचार्यले बताए । रासस

वि.सं.२०७६ फागुन २१ बुधवार २१:४५ मा प्रकाशित

धरानवासीलाई खानेपानी उपलब्ध गराउन सांसदहरुको माग

धरानवासीलाई खानेपानी उपलब्ध गराउन सांसदहरुको माग

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले सुनसरीस्थित धरानवासीका निम्ति खानेपानीका लागि पहल...

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं...

जनमतकी समानुपातिक सांसद गुरुङले दिइन राजीनामा

जनमतकी समानुपातिक सांसद गुरुङले दिइन राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेशसभाका सांसद गीता गुरुङले पदबाट राजीनामा दिएका...

प्रधानमन्त्री ओलीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

प्रधानमन्त्री ओलीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर-संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का...

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको...

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...