Logo
२ कार्तिक २०७८, मंगलवार
     Tue Oct 19 2021
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकाको टेनेसीमा आँधीमा परी २४ को मृत्यु, कैयौ व्यक्ति पुरिए



२१ फागुन, अमेरिका । अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीमा परी २४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् ।

स्थानीय समयअनुसार मङ्गलबार बिहानबाट आएको आँधीका कारण हालसम्म ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २४ पुगेको बुधबार प्राप्त समाचारमा जनाइएको छ ।

त्यहाँको भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको छ । आँधीले उक्त राज्यको राजधानी न्यासभिलमा समेत व्यापक संरचनाहरूमा क्षति पु¥याएको अधिकारीहरुले जानकारी दिएका छन् ।

टेनेसीको विपद् व्यवस्थापन निकायका मेलिसा हक्सले आँधीले पु¥याएको क्षतिबारे भने, “आँधीका कारण ‘यसपटक २४ व्यक्तिको मृत्यु’ भएको छ भने राज्यका चार ‘काउन्टी’मा व्यापक भौतिक संरचनामा क्षति पुगेको छ ।”

न्यासभिलको अग्नि नियन्त्रण विभागले आँधीका कारण १४० भन्दा बढी भवन भत्किएका र कैयौ व्यक्ति भवन भग्नावशेषमा पुरिएका जनाएको छ । एएफपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अनुरोध पछि प्रतिनिधि सभाको बैठक २ दिनका

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको