back

इड्लिबमा शैन्य कारबाहीका लागि टर्कीलाई सघाउन अमेरिका तयार

वि.सं.२०७६ फागुन २१ बुधवार

411 

shares
GLOBAL IME AD
NTC AD

२१ फागुन, वासिङ्टन । एएनआई सिरियाको उत्तरपश्चिम प्रान्त इड्लिबमा टर्कीले गर्ने सैन्य कारबाहीका लागि टर्कीलाई सघाउन अमेरिकाले आवश्यक हातहतियार उपलब्ध गराउने तयारी गरेको छ ।

सिरिया मामिलासम्बन्धी अमेरिकी विशेष प्रतिनिधि जेम्स जेफ्रीले मङ्गलबार वासिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा भने, “टर्की नेटोको सदस्य राष्ट्र हो । टर्कीका अधिकांश सैनिकले अमेरिकी हातहतियारको प्रयोग गरिरहेका छन् । हामीले ती हातहतियार तयारी अवस्थामा रहेको र प्रयोगयोग्य रहेको पनि सुनिश्चित गर्नु पर्दछ ।”

यसबाहेक, टर्कीका लागि अमेरिकी राजदूत डेभिड स्याटरफिल्डले संवाददाताहरुसँग कुरा गर्दै संयुक्तराज्य अमेरिकाले जमिनबाट हावामा आक्रमण गर्न सक्ने प्याट्रिओट क्षेप्यास्त्रका लागि टर्कीले गरिरहेको अनुरोधमाथि विचार गरिरहेको बताए ।

सिरियाको इड्लिब प्रान्तमा पछिल्लो केही समयदेखि भिषण युद्ध जारी छ । इड्लिब प्रान्त टर्कीसँग सीमा जोडिएको क्षेत्र हो ।

राष्ट्रपति बसार अल असाद नेतृत्वको सिरियाली सरकारले इस्लामिक लडाकूले आश्रय लिएर बसेको इड्लिबमा केही समयदेखि हवाई तथा स्थल सैन्य कारबाही जारी राखेको छ । यो प्रान्त विद्रोहीहरु रहेको सिरियाको सबैभन्दा बलियो अखडा हो ।

सिरियाली सेनाले गरेको हवाई कारबाहीमा हालैमात्र ५० जनाभन्दा बढी टर्कीका सैनिकको मृत्यु भइसकेको छ । प्रत्युत्तरमा टर्कीले सिरियाका धेरैवटा लडाकू विमान र हेलिकप्टर खसालेको दाबी गरेको छ ।

पछिल्लो भिडन्तले टर्की, सिरियाली सरकार र रसियाबीच गम्भीर मतभिन्नता उत्पन्न गराएको छ । टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले इड्लिबमा पूर्व निर्धा्रित सीमारेखाभन्दा भित्र सिरियाली सेना प्रवेश गरे टर्कीले सिरियाली सेनाविरुद्ध नै कारबाही गर्ने चेतावनी दिएका छन् ।

सिरियाली सरकारले भने टर्की र संयुक्तराज्य अमेरिकाले सिरियाको इडलिबमा रहेका विद्रोही लडाकूलाई सुरक्षा दिइरहेको आरोप लगाएको छ ।एएनआई

वि.सं.२०७६ फागुन २१ बुधवार २२:१३ मा प्रकाशित

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले...

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

  बेइजिङ । कथित डम्पिङमाथि गरिएको अनुसन्धानपछि चीनले सोमबार अमेरिका,...

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

नयाँदिल्ली । विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) द्वारा जारी एक निर्देशनपछि...

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजा सिटी । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक...

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर...

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले...