
खोटाङ सेवा समाज कतारले खोटाङका कुमार पुरीलाई एक लाख रुपया हस्तान्तरण गरेको छ । मस्तिष्क घातका बिरामी पुरीलाई समाजले गत २६ फेब्रुवरी २०२० का दिन सो रकम हस्तान्तरण गरेको हो ।
खोटाङ जिल्ला ऐसेलुखर्ख गाउपालिका वार्ड नम्बर ५ महेश्वरी निवासी कुमार पुरी बिगत लामो समय देखि मस्तिष्क घात रोगले ग्रसित छन् । आर्थिक अबस्था नाजुक भएको हुदा बिरामीलाई उपचार खर्च जुटाउन कतारमा कार्यरत बिरामीका आफन्तहरु उत्तर कुमार पुरी, कृष्ण बहादुर बन र यादब पुरीको संयोजकत्व र खोटाङ सेवा समाज कतारको पहलमा १ लाख रुपया आर्थिक सहयोग संकलन गरि खोटाङ सेवा समाज काठमाडौं पदाधिकारी तथा समाजसेबी कासीनाथ आचार्यद्वारा बिरामीलाई अस्पतालमै गएर उक्त रकम हस्तान्तरण गरिएको छ ।
बिरामीको उपचार हाल काठमाडौ थापाथली नर्भिक अस्पतालमा भइरहेको बिरामीका आफन्त तथा खोटाङ सेवा समाज कतारका कर्यरमिति सदश्य यादब पुरीले जानकारी दिए ।
खोटाङ सेवा समाज कतार संस्थामा आउने हरेक समस्याहरुको ख्याल गर्दै समाज सेवा र सहयोग गर्न कदममा कदम मिलाउदै अगाडी बढेको छ । सोहि अनुरुप पिडित पुरीलाई पनि आर्थिक सहयोग गरिएको हो । पुरीलाई सहयोग जुटाउने अभियानमा सघाउनको लागि सस्थाका सम्पूर्ण पधाधिकारिहरुको सक्रियता र कतारमा कार्यरत सहयोगी भाबना रहेका केहि व्यक्तिहरुमार्फत आर्थिक सहयोग गरिएको सस्थाका अध्यक्ष्य रुद्र शर्माले जानकारी दिएका छन् । उनले सो सहयोग अभियानमा सहयोग गर्ने सम्पुर्ण सहयोगि हातहरुलाई धन्यवाद ज्ञापन गरेक छन् ।
वि.सं.२०७६ फागुन २२ बिहीवार ११:४० मा प्रकाशित