back

राष्ट्रसङ्घका पूर्व महासचिवको निधन

वि.सं.२०७६ फागुन २२ बिहीवार

390 

shares
GLOBAL IME AD
NTC AD

२२ फागुन, लिमा । संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव एवं पेरुका पूर्व प्रधानमन्त्री ह्याभिर पेरेज द क्वेलरको १०० वर्षको उमेरमा निधन भएको छ ।

उनका छोराका अनुसार क्वेलरको निधन पेरुको राजधानी लिमास्थित आफ्नै निवासमा भएको थियो ।दुई कार्यकाल राष्ट्रसङ्घको महासचिव भएका क्वेलरले दक्षिण अमेरिका, अफ्रिका, एसिया र मध्यपूर्वका देशहरुमा शान्ति सम्झौताहरु गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उनकै कार्यकालमा इरान र इराकबीच झण्डै आठ वर्षको शसस्त्र द्वन्द्व अन्त्य गर्ने उपायस्वरुप दुबै मुलुकबीच सन् १९८८ मा युद्धविराम भएको थियो ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले एक विज्ञप्ति प्रकाशन गरी पूर्व महासचिव क्वेलरको निधनको खबरबाट आफू अत्यन्त दुःखित भएको बताए ।

“उनी परिपक्व राजनेता, निष्ठावान कूटनीतिज्ञ थिए । उनले देखाएको बाटो र प्रभाव राष्ट्रसंघमा अद्यापी अनुभव गर्न सकिन्छ,” गुटेरेसले भनेका छन् ।

पेरुका राष्ट्रपति मार्टिन भिजकाराले ट्वीट गर्दै पूर्व प्रधानमन्त्री क्वेलर प्रतिबद्ध लोकतन्त्रवादी रहनु भएको र उनको प्रतिभाका कारण पेरु विश्वभर चिनिएको बताएका छन् ।

क्वेलरले आफ्नो जीवनकालमा युरोप र दक्षिण अमेरिकाका मुलुकमा रहेका पेरुका दूतावासहरुमा सेवा गर्नुका साथै सन् १९४६ मा राष्ट्रसंघीय महासभामा पेरुको प्रतिनिधिमण्डलमा समावेश थिए ।

राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्षतामा बसेको बैठकले सन् १९७४ मा टर्की र ग्रीसबीच शान्ति सम्झौता गराएको थियो । त्यसबखत टर्कीले आक्रमण गरी साइप्रसमाथि आधिपत्य जमाएको थियो ।

सन् १९८१ मा उनी संयुक्त राष्ट्रसंघको पाँचौं महासचिवमा नियुक्त  भएका थियो । दक्षिण अमेरिकी क्षेत्रबाट उनी नै पहिलो महासचिव बनेका थिए ।

यसै अवधिमा अमेरिका र तत्कालीन सोभियत युनियनबीच शीतयुद्ध चरम अवस्थामा पुगेको थियो ।सन् १९९१ मा दोस्रो कार्यकाल समाप्त हुनुअघि उनको अग्रसरतामा पश्चिम सहारा क्षेत्रमा व्याप्त तनाब समाप्त भएको थियो भने एल साल्भाडोर, क्याम्बोडिया र निकारागुवामा जारी गृहयुद्ध रोकिएको थियो ।

उनी महासचिव रहेकै दिनहरुमा अफगानिस्तानबाट सोभियत सेना फिर्ता भएको थियो भने दक्षिण अफ्रिकाबाट नामिबियाले स्वतन्त्रता प्राप्त गरेको थियो ।

सन् २००० मा पेरुका राष्ट्रपति फुजिमोरीले राजीनामा दिएपछि पेरेज दी क्वेलरले केही समय पेरुको विदेश मन्त्री र प्रधानमन्त्रीको रुपमा काम गर्नु भएको थियो । उनकै नेतृत्वमा चुनाव सम्पन्न भएपछि पेरुको राष्ट्रपतिमा अलेजान्द्रो टोलेडो निर्वाचित भएका थिए ।

राष्ट्रपति टोलेडोले उनलाई फ्रान्सका लागि पेरुको राजदूतमा नियुक्त  गरेको थियो ।क्वेलरको यही शुक्रबार दाहसंस्कार गरिने बताइएको छ ।

वि.सं.२०७६ फागुन २२ बिहीवार १५:०० मा प्रकाशित

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

पेरिस । राष्ट्रपति इमानुएल म्याक्रोनले मङ्गलबार फ्रान्सले युक्रेनमा रुसको आक्रमणका...

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

ढाका । बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक...

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

बेइजिङ । बेइजिङ र वासिङ्टनले उनीहरूको व्यापार युद्धको एक प्रमुख...

कूटनीतिक अभियानका बीच सम्झौताको उद्देश्यले खाडी जाँदै ट्रम्प

कूटनीतिक अभियानका बीच सम्झौताको उद्देश्यले खाडी जाँदै ट्रम्प

रियाद । मध्यपूर्वका अशान्त क्षेत्रहरूमा सम्झौता गर्न गाह्रो हुने सम्भावना...

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच बेइजिङमा भेटवार्ता

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच बेइजिङमा भेटवार्ता

बेइजिङ । चीनले ल्याटिन अमेरिकासँगसम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ ल्याटिन...

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

पुँच (भारत) । अप्रत्याशित रूपमा शनिबार सहमति भएको युद्धविरामपछि दुई...