back

होली पर्व नजिकिएसँगै तराईमा खसीबोकाको कारोवार बढ्यो

वि.सं.२०७६ फागुन २२ बिहीवार

432 

shares
GLOBAL IME AD
NTC AD

२२ फागुन, काठमाडौँ । तराई–मधेश क्षेत्रमा हर्षोल्लासपूर्वक मनाउने होली पर्व आउनलाई केही दिन बाँकी रहेका बेला सुनसरीमा खसीबोकाको कारोवार बढेको छ ।

सुनसरीका स्थानीय हाटबजारमा खसीबोका किन्ने र बिक्री गर्नेको चहलपहल बढेको पाइएको छ । सुनसरीमा लाग्ने बिहीबारे हाटिया, सोमबारे, मधुवन हाट तथा ग्रामीण क्षेत्रमा लाग्ने विभिन्न हाट बजारमा खसीबोका किन्ने र बिक्री गर्नेको सङ्ख्या बढ्दै गएको स्थानीय डुमरलाल मेहताले बताए ।

होली पर्वमा मासु खानका लागि स्थानीयले खसीबोका खरिद गर्ने भएकाले यसको बिक्री वितरणमा वृद्धि भएको स्थानीय व्यापारीले बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा लागेको बिहीबारे हाटमा मात्रै एक दिनमा एक हजारभन्दा बढीको सङ्ख्यामा खसीबोका खरिद बिक्री भएको स्थानीय व्यापारीले बताएका छन् ।

सुनसरीसहित सप्तरी र सिराहा तथा काठमाडौँकोसमेत व्यापारी यहाँ आउने भएकाले खसीबोकाको कारोवारमा वृद्धि भएको व्यापारीको भनाइ छ । केही किसानले भने भारतीय खसीबोका अवैधरुपमा भित्रिएका कारण आफूहरुले खसीबोकाको उचित मूल्य नपाएको गुनासोसमेत गरेका छन् ।

खसीबोकाको कारोवारमा वृद्धि भएसँगै यसको मूल्यमा समेत वृद्धि भएको स्थानीय उपभोक्ता चन्दन मेहताले बताए । सुनसरीमा अहिले खसीको मासु रु ८५० प्रतिकिलोमा बिक्रीवितरण भइरहेको छ ।

वि.सं.२०७६ फागुन २२ बिहीवार १५:३४ मा प्रकाशित

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको शुक्रवार बसेको बैठकले भूमि...

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

गलकोट (बागलुङ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय...

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापान इन्टरनेसनल...