Logo
९ कार्तिक २०७८, मंगलवार
     Tue Oct 26 2021
E-paper
  English Edition
   Unicode
Logo

बेपत्ता परिवारका लागि राज्य इमान्दार भएन – मुख्यमन्त्री राउत



२२ फागुन, काठमाडौँ । मुख्यमन्त्री लालबाबु राउतले राज्य इमान्दार नहुँदा बेपत्ता परिवारले अझै न्याय पाउन नसकेको टिप्पणी गरेका छन् । जनकपुरमा आयोजित पीडित तथा सरोकारवालाहरुसँग प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा आज मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारलाई न्याय दिलाउन राज्य इमान्दार हुनुपर्नेमा जोड दिए ।

बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग, ललितपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले आउँदो केही दिनभित्रै बेपत्ता परिवारले न्याय पाउने विश्वास व्यक्त गरे । प्रदेश २ मा रहेका १९६ बेपत्ता परिवारको न्यायका लागि प्रदेश सरकारले आप्mनो स्तरबाट सहयोग गर्ने मुख्यमन्त्री राउतले बताए । “बेपत्ता परिवारको समस्यालाई अब नबल्झाऔँ”, उनले भने, “चाँडोभन्दा चाँडो निक्र्यौलमा पु¥याऔँ ।”

परिवारका सदस्य गुमाएकाको पीडा कम गर्नका लागि पनि न्याय दिनुपर्ने तर्क उहाँले गर्नुभयो । मुख्यमन्त्री राउतले बेपत्ता पारिएको परिवारको समस्या तत्काल समाधान गर्न आयोगलाई आग्रह गरे ।

सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, आयोगका सहसचिव ईश्वरीप्रसाद ढकाल, सदस्य सुनिलरञ्जन सिंहलगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सहभागी बेपत्ता परिवारका सदस्यहरुले आप्mनो पीडा पोख्दै सास कि लास दिनुपर्ने माग गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ मा आफ्नो निर्देशन उल्लंघन गर्ने विभिन्न आठ वाणिज्य

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना कार्यकर्ता शिव कुमार गिरी