Logo
४ कार्तिक २०७८, बिहीबार
     Thu Oct 21 2021
E-paper
  English Edition
   Unicode
Logo

कोरोना संक्रमण रोकथाम- मुलुकभर सभा सम्मेलनमा अनिश्चितकालीन रोक



२३ फागुन, काठमाडौँ । सरकारले नेपाल र भारतसँग सीमा जोडिएका जिल्लामा उच्च सतर्कता अपनाउन जिल्लास्थित कार्यालयलाई निर्देशन दिएको छ । विश्वभर कोरोना भाइरस संक्रमण फैलिरहेको बेला सरकारले भीडभाड तथा सभा सम्मेलन नगर्न निर्देशन दिएको हो ।

चीनबाट फैलन सुरु भएको कोरोना भाइरस भारतका केही स्थानमा समेत देखिन थालेपछि सरकारले दुवै मुलुकको सीमा क्षेत्रमा उच्च स्वास्थ्य सतर्कता अपनाउन आह्वान गरेको छ । संक्रमण भित्रिन नदिन नेपाल–भारतका ३७ सीमा नाकामा पनि चेकजाँच गर्ने निर्णय सरकारले गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले त्रिभुवन विमानस्थलमा भइरहेको चेकजाँचलाई अझ व्यवस्थित बनाउने निर्णय गरेको छ ।

यस्तै, आउजाउ हुने चीन र भारतका ३७ वटा नाकामा स्वास्थ्य टोली खटाएर चेकजाँच गर्ने निर्णय गरेको छ । सरकारले प्रदेशहरूमा टोली पठाइसकेको छ भने अन्य नाकाका लागि पनि टोली पठाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यसैगरी, बाग्मती प्रदेशका १३ वटै जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र स्वास्थ्यकर्मीलाई नोबेल कोरोना भाइरसविरुद्ध तयारी अवस्थामा राखिएको राजधानीकर्मी सरिता दाहालले जानकारी दिइन् । सामाजिक विकास मन्त्रालय मातहतका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई भाइरसविरुद्ध सचेत पार्दै तयारी अवस्थामा राखिएको हो । शुक्रबारको राजधानी दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ परेका आर्यन खानको जमानत निवेदन अस्वीकार भएपछि छोरालाई भेट्न

४ कार्तिक, काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज (कात्तिक ४ गते) देखि सर्वसाधारणका

काठमाडौं । हाल नेपालमा भारतको बिहारमा रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको

वालिङ्, स्यांग्जा । पर्वतका जयनारायण तिवारी र स्याङ्जाका शोभाखर ढकाल नेकपा (माओवादी केन्द्र) को