back

विश्व स्वास्थ्य संगठन भन्छ–‘प्रोटेक्टिभ इक्विपमेन्ट किन्नू’, मन्त्रालय भन्छ–‘बजेट पुग्दैन’

वि.सं.२०७६ फागुन २३ शुक्रवार

426 

shares
GLOBAL IME AD
NTC AD

२३ फागुन, काठमाण्डौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस नियन्त्रणको पूर्वतयारी अन्तर्गत १५ सय फिजिकल प्रोटेक्टिभ प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) को व्यवस्था गर्न सरकारलाई लिस्टसहित निर्देशन दिएको छ ।

संगठनले शरीर ढाक्ने सुरक्षित लुगा, विशेष चश्मा, भाइरस फिल्टर गर्ने माक्स, पन्जा लगायतको सूचीनै बनाएरै सरकारलाई बुझाएको शुक्रबारको नयाँपत्रिका दैनिकमा समाचार छ । तर, स्वस्थ्य मन्त्रालय व्यवस्थापन महाशाखाले बजेट नभएको भन्दै खरिद गर्न सकेको छैन । एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलन नदिन विशेष सुरक्षा साधन प्रयोग गर्नुपर्छ । ‘डब्लूएचओले भने अनुसार तत्काल पिपिई जुटाउन सक्ने अवस्था छैन,’ महाशाखा प्रमुख भोगेन्द्र डोटेलले भने, ‘सातसय पिस किन्न मात्रै पनि २८ करोड लाग्ने बजेट देखियो । यति रकम स्वास्थ्य मन्त्रालयसँग छैन ।’

त्यसैगरी महाशाखाले मास्क खरिदका लागि आव्हान गरेको टेन्डरसमेत रद्द भएको छ । एन मास्क ९५ खरिदका लागि महाशाखाले खुलाएको टेन्डरमा १० कम्पनीले प्रस्ताव हालेका थिए । बिगतमै किनेको दरमा तीन सय रुपैयाँ राखेर टेन्डर खोलिएको थियो । तर, कम्पनीहरुले प्रतिगोटा चार सय ५० रुपैयाँको दररेट प्रस्ताव गरेपछि टेन्डर रद्द भएको डोटेलले बताएका छन् । कम्पनीहरुले रेट बढाएपछि अब स्वास्थ्य मन्त्रालयसँगै छलफल गरेर दर बढाएर मास्कलगायतका अन्य अत्यावश्यक उपकरणको पुनः टेन्डर खुलाउने तयारी रहेको पनि डोटेलले बताए ।

वि.सं.२०७६ फागुन २३ शुक्रवार ०७:५५ मा प्रकाशित

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र...

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

रायपुर । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा...

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

काठमाडौँ । तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनमा भएको खुकुरी...

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

टोकियो । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा...

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

चितवन । चितवनलाई पर्यटकीय राजधानी वनाउन माग गरिएको छ ।...