back

कविता : खजुरको बोट

वि.सं.२०७६ फागुन २४ शनिवार

660 

shares
GLOBAL IME AD
NTC AD

खजुरको बोट हेर्छु
रेतको भरमा
न कसैको देखरेख
न त स्याहार सुसार
न त मलजल
न त गोडमेल
सुचारु रुपमा
ठिङ्गै उभिएको ।

न पानी माग्छ
न त घामको प्रचण्ड तापको
अघिनै झुक्छ
बडो साहसी
समयको अनुरागी
कर्तव्य छैन उसले भुलेको
अनेकौ कष्ट सहदै
शीत ताप सहदै
समयमा लटरम्म फल लागे पछि
न सोध्ने न खोज्ने
स्वार्थी हातहरु
फाइदाका भोगीहरु
एकाएक गर्दै
लुच्दै घोच्दै
सुसज्जित श्रृङ्गारिक रुप
पलभरमै
कुरुप बनाउन कसर गर्छन ।

हो ! समय यस्तै
सम्पुर्ण जगत
सम्पूर्ण आफ्नो हो भन्ने
मात्र स्वार्थको भावनामा
बाँचेका रहेछन्
जति सक्दो लुछ्नु थुत्नु
तर म डगमगाउने छैन
म पनि उही खजुरको बोट झै
आफ्नो कर्तव्य पालन गर्न
अनेकौं समस्या अघि
ठाडो ठिङ्गै उभिने छु
आफ्नो कर्तव्य पालन गर्नेछु
खजुरको बोट झै ।

हाल-संयुक्त अरब एमिरेट्स दुबई

वि.सं.२०७६ फागुन २४ शनिवार ०९:५६ मा प्रकाशित

‘पहिलो किरण’ कवितासङ्ग्रहको दाङमा लोकार्पण

‘पहिलो किरण’ कवितासङ्ग्रहको दाङमा लोकार्पण

दाङ । साहित्यकार गिरिराज खनालको ‘पहिलो किरण’ कविता सङ्ग्रह घोराही...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु– ६ चुँदी, तनहुँ हाल चनपा ६ मातातीर्थ...

सुसेली

सुसेली

वासुदेव ठकुरी तारकेश्वर न.पा.–९, मनमैजु १ बिस्र्यो नभन तिमीलाई संझेर...

‎गजल

‎गजल

कुमार थापा, निजगढ, बारा ‎तिम्रै हुँ भन्छ्यौ प्रेयसी आधार खै...

गजल

गजल

धनसिंह गिरि, दाङ म लट्ठै छु देखेर तिम्रो जवानी छ...

गजल

गजल

तिलक ‘गाउँले’ तिलागुफा – ३, कालिकोट बनेकै हो बुबा प्यारो...