back

गजल

वि.सं.२०७६ फागुन २४ शनिवार

630 

shares
GLOBAL IME AD
NTC AD

माल पाएर चाल पाइनौ, मैंले के गर्नु त ?
सोझो थिएँ हत्याइनौ, मैंले के गर्नु त ?

टाँसिएर कति हिंड्यौ, चस्स कुहिनाले
हल्का धक्का लगाइनौ ,मैंले के गर्नु त ?

निकैपल्ट पीरतीका कुरा कोट्याइहेरें
एउटै कुरो मिसाइनौ, मैंले के गर्नु त ?

अरूलाई आँखा छल्दै यसो सङ्केत गर्न
देब्रे आँखो झिम्क्याइनौ मैंले के गर्नु त ?

मौका पार्दै चौका दाउ हान्नुपथ्र्यो होला
छक्का पञ्जा सिकाइनौ, मैंले के गर्नु त ?

तिमी एक र म पनि एक जम्मा दुई हुन्थ्यो
त्यत्ति हिसाब मिलाइनौ मैंले के गर्नु त ?

हाने मर्छ बोले टर्छ ,यति जान्दाजान्दै
छ्याङ्ग पारी बताइनौ, मैंले के गर्नु त ?

वि.सं.२०७६ फागुन २४ शनिवार ०९:५८ मा प्रकाशित

‘पहिलो किरण’ कवितासङ्ग्रहको दाङमा लोकार्पण

‘पहिलो किरण’ कवितासङ्ग्रहको दाङमा लोकार्पण

दाङ । साहित्यकार गिरिराज खनालको ‘पहिलो किरण’ कविता सङ्ग्रह घोराही...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु– ६ चुँदी, तनहुँ हाल चनपा ६ मातातीर्थ...

सुसेली

सुसेली

वासुदेव ठकुरी तारकेश्वर न.पा.–९, मनमैजु १ बिस्र्यो नभन तिमीलाई संझेर...

‎गजल

‎गजल

कुमार थापा, निजगढ, बारा ‎तिम्रै हुँ भन्छ्यौ प्रेयसी आधार खै...

गजल

गजल

धनसिंह गिरि, दाङ म लट्ठै छु देखेर तिम्रो जवानी छ...

गजल

गजल

तिलक ‘गाउँले’ तिलागुफा – ३, कालिकोट बनेकै हो बुबा प्यारो...