
होली पर्व खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक बर्षको फाल्गुण शुक्ल पूर्णिमाका दिनमा मनाइने हिन्दूहरूको प्रमुख चार्ड हो । जहाँ मानिसहरु आफ्ना परिवार, साथीभाई र नजिकका व्यक्तिहरुसँग एकआपसमा रंगहरु दलेर माया, प्रेम, सद्भाव बाँड्ने गर्छन् ।
यतिबेला होलीको तयारी सुरु भइसकेको छ । बलिउडमा होलीका पार्टीहरु धमाकाका साथ मनाउने गर्छन् । यस पर्वले केहि समय भेट नभएका साथीभाई, भेट गराउने एकअर्कालाई झन नजिक बनाउने गर्छ त्यस कारण यस पर्वलाई सबैले उत्साहका साथ मनाउने गर्छन । बलिउडमा धेरैले यस पर्वलाई उत्साहका साथ मनाएपनि केहि कलाकार भने यस पर्व र रंगहरुबाट टाढा भाग्ने गर्छन् ।
जोन अब्राहम होली नखेल्ने बलिउड स्टार मध्ये एक हुन् । उनका अनुसार, होलीको बखत धेरै खतरनाक रासायनिकहरु प्रयोग हुन्छन्, जसका कारण वातावरणलाई ठूलो क्षति हुन्छ । यो मात्र होइन, जोन अब्राहमको विश्वास छ कि होलीको आडमा धेरै मानिसहरूले महिलाहरूसँग दुव्र्यवहार गर्छन् । यी कारणहरूले गर्दा जोन होली खेल्न मन पराउँदैनन् ।
रणवीर सिंह–आफ्नो रंगीन फिक्शन सासका साथ सबैको मन जितेका रणवीर सिंहलाई होलीको उत्सव खासै मनपर्दैन । रणवीरका अनुसार उनलाई अनुहारमा रंगहरु लगाउनु पटक्कै मनपर्दैन र उनी यस पर्व र रंगबाट टाढा नै बस्न मन पराउँछन् । होलीको बखत धेरै फोहोर फैलिएको छ। यसै कारण, उनले होली खेल्न इन्कार गर्ने बताएका छन् ।
करिना कपूर खान जसलाई होली पर्व खुब पर्ने पर्व हो, उनले पन परेपनि होली खेल्न छाडेकी छन् । उनका हजुरबुवा महान् अभिनेता राज कपूर र हजुरआमाको मृत्यु भइसकेको छ । करिनाका अनुसार, उनका हजुरबुवा हरेक वर्षको होलीमा सबै फिल्मकर्मी, आफन्तहरुलाई बोलाएर रमाइलो गर्दै उत्कृष्ट पार्टी दिन्थे, यसैकारण करिना होलीमा आफ्ना हजुरबुवाको सम्झना गर्दै होली खेल्न छाडेको बताएकी छन् ।
वि.सं.२०७६ फागुन २५ आइतवार ११:४२ मा प्रकाशित