
२५ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान दिएकी प्रधानमन्त्रीकी भान्जी समिक्षा संगौलाले प्रधानमन्त्री (मामा) लाई भेटन् मन लागेको बताएकी छन् ।
प्रधानमन्त्रीलाई मिर्गौला दान दिएपछि त्रिवि शिक्षण अस्पतालमै स्वास्थ्यलाभ गरिरहेकी समिक्षा संग्रौलाले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसँगको भेटमा प्रधानमन्त्रीलाई भेट्न मन लागेको बताएकी छन् ।
रिमालले ट्विट गर्दै लेखेका छन् ‘प्रधानमन्त्रिज्युलाई मिर्गौला दान दिने भान्जी समिक्षा संग्रौलालाई सोधें-कस्तो छ ? मलाई त ठीक छ, मामालाई चाँहि कस्तो छ ? एकपटक मामालाई भेट्न मन लागेको छ । मैले भने–तपाई पहोलो भिजिटर हुनुहुनेछ । आफ्नोभन्दा प्रमको स्वास्थको चिन्ता लिने उहाँको भावनाप्रति सम्मान प्रकट गर्दै वार्डबाट बहिरिए ।’
प्रधानमन्त्रीज्यूलाई मिर्गौला दानदिने भान्जी समिक्षा संग्रौलालाई सोधें-कस्तो छ? मलाई त ठीक छ, मामालाई चाँहि कस्तो छ ? एकपटक मामालाई भेट्न मन लागेको छ।
मैले भने- तपाई पहिलो भिजिटर हुनुहुनेछ ।आफ्नोभन्दा प्रमको स्वास्थको चिन्ता लिने उहाँको भावनाप्रति सम्मान प्रकट गर्दै वार्डबाट बाहिरिएँ ।— Bishnu Rimal (@BishnuRimal) March 8, 2020
वि.सं.२०७६ फागुन २५ आइतवार १२:०४ मा प्रकाशित