back

विद्यालयका बालबालिका कोरोनाको उच्च जोखिममा

वि.सं.२०७६ फागुन २५ आइतवार

126 

shares
NTC AD
Global IME AD

हाल नेपालमा  कूल बिद्यालय संख्या ३५ हजार ६ सय १ मा कूल ७७ लाख १७ हजार ४३ बिद्यार्थी तथा शिक्षक कर्मचारी कार्यारत छन । अहिले चालु रहेका शिक्षण संस्थाको भागमा औषत बिद्यार्थी तथा कर्मचारी संख्या करिब २१७ पर्दो रहेछ । यो भनेको कुनै एक राजनीतिक दल वा संघ संस्थाले गर्ने जमघट भन्दा बढी हो ।

२५ फागुन, काठमाडौं । सन २०१९ को अन्त्यबाट फैलिन सुरु भएको कोभिड १९ अर्थत कोरोन भाईरस अहिले विश्वका एक सय भन्दा बढी देशमा फैलिसकेको छ भने तीन हजार भन्दा बढीको ज्यान गै सकेको छ । संसारका अधिकांस देशमा मनिसहरुको आवत जावतमा कडाई गरिएको छ ।

नेपालको सन्दर्भममा पनि सर्बजनिक कार्यक्रम र भेटघाटहरुलाई कडाई गरिएको छ । तर सबैभन्दा धेरै जमघट र भेला हुने ठाउँहरु बिद्यालय तथा क्याम्पसहरु अहिले कसैको नजरमा परेका छैनन । अहिले नेपालमा सबै भन्दा बढी कोरोना भाइरसको जोखिममा बिद्यालय तहका कलिला बालबालिका परेका छन ।

विश्व स्वस्थ्य संगठनले गत हप्ता नै नेपाललाई कोरोना भाइरसको जोखिमयुक्त देशमाा दर्ज गरिसकेको छ । भाइरसको जोखिममा परे पछि नेपालमा सकरकारी तवरबाट सार्बजनिक रुपमा भेला सम्मेलन, र भेटघाटका कार्यक्रमहरु नगर्नको लागि आव्हन पनि गरेका छन । राजनीतिक दल र सामाजिक संघ संस्थाहरुले गर्ने अधिकांस कार्यक्रमहरु पनि स्थगन गरिसकेका छन ।

अहिले कुनै एक बिद्यालय या क्याम्पसको कुनै एक बिद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको खण्डमा परिस्थिति कता पुग्छ ? त्यस पछि सरकारले के गर्छ ? त्यसपछिको अबस्थाको आंकलन सरकारले नगरेको पाईन्छ ।

छिमेकी देश भारतमा समेत विद्यालयलाई जोखिमयुक्त क्षेत्र घोषणा गरिसकेको अबस्थामा नेपाल सरकार मौन बस्नु कुनै अर्थमा पनि सहि हुन सक्दैन ।

सरकारले २०७५ सालमा सार्बजनिक गरेको तथ्याङ्क अनुसार ३५ हजार ६ सय १ सामुदायीक र संस्थागत बिद्यालयहरु रहेका छन । तिनमा अध्ययन गर्ने बिद्यार्थीको संख्या ७३ लाख ९१ हजार ५ सय २४ रहेको छ । ती बिद्यालयहरुमा ३ लाख २५ हजार ५ सय १९ शिक्षक तथा कर्मचारी रहेका छन ।

यसरी हेर्दा हाल नेपालमा  कूल बिद्यालय संख्या ३५ हजार ६ सय १ मा कूल ७७ लाख १७ हजार ४३ बिद्यार्थी तथा शिक्षक कर्मचारी कार्यारत छन । अहिले चालु रहेका शिक्षण संस्थाको भागमा औषत बिद्यार्थी तथा कर्मचारी संख्या करिब २१७ पर्दो रहेछ । यो भनेको कुनै एक राजनीतिक दल वा संघ संस्थाले गर्ने जमघट भन्दा बढी हो ।

क्वारेन्टाइन, आइसोलेसन निर्माण गर्न पनि अबरोध सृजना गर्ने हाम्रो देशको समाजको बनोट छ । यसरी हेर्दा शिक्षण संस्थालाई पहिलो सम्वेदनशिल स्थानमा राख्नु पर्नेमा सरकार के गरिबसेको छ । कि……गरेपछि दैलो देख्ने नेपाली उखान जस्तै सरकारी तयारी त हैन ?

वि.सं.२०७६ फागुन २५ आइतवार १३:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म...

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

बचतकर्ताद्वारा सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग

चितवन । चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि यहाँका बचतकर्ताले...

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

पेस्तोलसहित ताप्लेजुङका प्रशान्त पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको...

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

सेनाको जागिर छाडेर ‘अर्ग्यानिक’ व्यवसायबाट राम्रो आम्दानी गर्दै तिला गाउँका नेपाली

कर्णाली । गरिबी, भोक र अशिक्षाले दबिएको परिवारमा जन्मेका तिला...

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

कानुन प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बालविवाह बढ्दै

खजुरा (बाँके) । बाँकेमा ‘बिहेवारी बीस वर्षपारि’ अभियानलाई सफल बनाउन...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको...