Logo
३० आश्विन २०७८, शनिबार
     Sat Oct 16 2021
E-paper
  English Edition
   Unicode
Logo

कुमाल समुदायद्वारा आफ्नो भाषा र सीप हस्तान्तरण गर्न माग



२५ फागुन, तानसेन । तानसेनका कुमाल समुदायले आफ्नो समुदायका लोपोन्मुख व्यवसाय, भाषा, कला तथा संस्कृति प्रवद्र्धनमा थप जुट्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल कुमाल समाज सुधार समिति पाल्पाको चौथो जिल्ला अधिवेशनका सहभागीले यसका लागि राज्यले सहयोग गर्न आवश्यक रहेको औँल्याए । शनिबार यहाँ आयोजित कार्यक्रममा समितिका केन्द्रीय सदस्य सावित्रा कुमालले आफ्नो समुदायको हकहित र अधिकारको संरक्षण गर्न समुदाय स्वयं जुट्न आवश्यक रहेकामा जोड दिए । “जिल्लामा छ स्थानीय तहका विभिन्न स्थानमा कुमाल समुदायको व्यवसाय न्यून रहेको छ, तिनको पेशालाई प्रोत्साहन गर्न राज्यले पहल गर्नुपर्छ”, उनले भने ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं ६ का वडा सदस्य लोकमाया कुमालले अहिले कुमाल समुदायका युवामा माटाका भाँडा बनाउने सीप अभाव रहेको बताए । रामपुर र नगरपालिका तथा बगनासकाली, रैनादेवी छहरा, माथागढी, रिब्दीकोट गाउँपालिकालगायत क्षेत्रमा कुमाल समुदायको बसोबास छ । पाण्डुरे नाच अर्थात् नचरी लोकसंस्कृतिका रूपमा सो समुदायमा परिचित छ ।

भाषा र सीप हस्तान्तरण नहुँदा समुदाय पछाडि परेको रामपुरका गणेशकुमार कुमालले बताए । रामपुर हेक्लाङ कुमालगाउँका यमकान्त कुमालले भने, “पहिले–पहिले धान, चामल, आलु, भटमास, बोडीलगायत अन्न, तरकारी बालीसँग मानापाथीको भाउमा भाँडा बिक्री हुन्थ्यो, त्यसबाटै जहान पालिन्थ्यो ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । महिला नेतृ सुष्मा राई नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति सदस्य बनेकी

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले सुरेश कार्कीलाई प्रदेश कमिटीको अध्यक्ष बनाएको छ । नेकपा(एकीकृत

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीले ३३५ नेताहरुको कार्यविभाजन गरेको छ । पार्टीको असोज