back

१२ दिनअघि नेपालबाट अष्ट्रेलिया गएका एकजनामा कोरोना संक्रमण भएको पुष्टी

वि.सं.२०७६ फागुन २५ आइतवार

441 

shares
GLOBAL IME AD
NTC AD

२५ फागुन, काठमाडौं । गत फेब्रुअरी २६ मा नेपालबाट अष्ट्रेलिया पुगेका एकजना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । उनी सिंगापुर र सिड्नी ट्रान्जिट भएर अष्ट्रेलिया गएका थिए । उनलाई फेब्रुअरी २७ मा नै रुघाखोकीको जस्तो लक्षण देखिएपनि उनले मार्च ६ सम्म हटलाइन नम्बरमा सम्पर्क गरेका थिएनन् । शुक्रबार उनको रोयल होबर्ट अस्पतालमा परीक्षण गरेपछि आइसोलेसनमा बस्न भनिएपनि उनले त्यसको अवज्ञा गरेका थिए ।

आइसोलेसनमा बस्न भनिएपनि उनी भोलिदिन काममा गएका थिए । आइसोलेसनमा बस्न नमानेका उनको शनिबार प्राप्त रिपोर्टमा कोरोना संक्रमण पुष्टी भएको छ । त्यसपछि उनलाई आइसोलेसनमा राखिएको छ । तास्मानियाका जनस्वास्थ्य निर्देशक डाक्टर मार्क भेइचले आइसोलेसनमा बस्न नमान्ने ती व्यक्तिको हर्कत अस्वीकार्य भएको बताए ।

ती व्यक्ति अष्ट्रेलियन आइडिल कलेजका विद्यार्थी रहेको जनाइएको छ । उनले ग्राण्ड चान्सलर होटलमा पार्टटाइम काम गर्ने गरेको जनाइएको छ । अधिकारीहरुले उनको नजिकको सम्पर्कमा आएका होटलमा काम गर्ने अन्य कामदारहरुबारे अनुसन्धान गरिरहेका छन् ।

कम्तीमा १५ मिनेटसम्म फेस टु फेस हुने वा एउटै कोठामा २ घण्टाभन्दा बढी बस्नेहरुलाई नजिकको सम्पर्कका रुपमा लिइने जनाइएको छ । यो परिभाषाभित्र पर्ने हरेकले १४ दिन अनिवार्य सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने जनाइएको छ । तीनजना घरमा बस्ने साथीहरु र अर्को एकजना व्यक्तिलाई नजिकको सम्पर्कमा आएको व्यक्तिका रुपमा ठानिएको छ । उनीहरुलाई आइसोलेसनमा बस्न भनिएको छ । नेपालबाट गएका भनिएका यी व्यक्तिको विवरण सार्वननिक गरिएको छैन । उनलाई कोरोना संक्रमण कहाँ भयो भन्नेबारे केही खुलेको छैन ।

वि.सं.२०७६ फागुन २५ आइतवार १४:०८ मा प्रकाशित

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

काठमाडौँ । महिलाले लगाउने भित्रि वस्त्र ‘ब्रा’ले स्तनको आकारलाई सन्तुलनमा...

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ह्याम्स अस्पतालमा छुट

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ह्याम्स अस्पतालमा छुट

काठमाडाैं । आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता...

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई...

स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल

स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य...

प्याड, पिरियड पेन्टी र महिनावारी कपः कुन ठिक?

प्याड, पिरियड पेन्टी र महिनावारी कपः कुन ठिक?

एजेन्सी । अमेरिकामा वर्षेनी २० अर्ब डिस्पोजेबल मेन्स्ट्रुअल उत्पादन फ्याकिन्छन्...

सहमतिपछि काममा फर्किए चिकित्सक

सहमतिपछि काममा फर्किए चिकित्सक

काठमाडौं । सरकार र विभिन्न माग राखेर आन्दोलन गर्दै आएका...