back

पत्रकार महासङ्घ पोर्चुगल तदर्थ शाखा स्वीकृत

वि.सं.२०७६ फागुन २५ आइतवार

393 

shares
GLOBAL IME AD
NTC AD

२५ फागुन, लिस्बन । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले नेपाल पत्रकार महासङ्घ पोर्चुगल तदर्थ समितिको मान्यता दिएको छ । नेपालीका समस्या उजागर गर्ने तथा पेशागत सुुरक्षाको प्रत्याभूति गर्ने उद्देश्यका साथ महासङ्घ शाखाका लागि केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको उपस्थितिमा पोर्चुगलको राजधानी लिस्बनमा गत वर्ष २०१९ जुन २० को भेलाले शाखाका लागि माग गरेको थियो ।

पोर्चुगलका नेपाली पत्रकारको भेलाले तदर्थ समितिका संयोजकमा योगेन्द्रमिलन छन्त्याल, सहसंयोजकमा राजकुमार थापा, प्रवक्तामा पेम्बागेलु शेर्पा तथा सदस्यमा भगवान् गिरी, यामबहादुर गुरुङ, वासु सत्याल र निरञ्जन सापकोटा एवं सल्लाहकारमा राजकुमार दिक्पाल र नारायण अर्याललाई चयन गर्दै केन्द्रलाई सिफारिस गरेको थियो ।

यही फागुन ११ गते तदर्थ समिति स्वीकृत गर्दै महासङ्घ महासचिव रमेश विष्टले केन्द्रको समन्वय शाखाको अधिवेशन गर्न पत्राचारमार्फत अनुरोध गरेका छन् ।

नेपाली कार्यक्रम स्थगित
कोरोना भाइरस कारण पोर्चुगलका नेपाली समुदायले पूर्वघोषित कार्यक्रम स्थगन गरेका छन् । नेपाल सरकारले आयोजना गरेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन प्रवासमा विभिन्न कार्यक्रम आयोजना गरिएको थियो ।

पोर्चुगलमा हालसम्म १३ जनालाई कोरोनाको सङ्क्रमण भएको जनाइएको छ । कुरी काब्राल अस्पताल लिस्बनका चिकित्सक क्यारोलिना कोस्टाले सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा जस्तो कोरोना महामारीबाट भयभीत हुनुपर्ने अवस्था नरहेको प्रष्ट पारेका छन् ।

वि.सं.२०७६ फागुन २५ आइतवार १४:३६ मा प्रकाशित

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र...

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

रायपुर । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा...

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

काठमाडौँ । तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनमा भएको खुकुरी...

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

टोकियो । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा...

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

चितवन । चितवनलाई पर्यटकीय राजधानी वनाउन माग गरिएको छ ।...