back

दुई राप्रपाबीच यसरी हुँदैछ एकता, महाधिवेशनसम्म तीन अध्यक्ष रहने

वि.सं.२०७६ फागुन २५ आइतवार

438 

shares
GLOBAL IME AD
NTC AD

२५ फागुन, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच एकता हुने भएको छ । लामो छलफलपछि शनिबार राति दुई पार्टी एकता गर्ने सहमतिमा पुगेका हुन् । राजधानीको लाजिम्पाटमा थापा, राणा र लोहनीसहित शीर्ष नेताहरुको छलफलमा सहमति जुटी एकतासम्बन्धी १० बुँदे आधारपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिअनुसार एकीकृत पार्टीमा तीन अध्यक्षको व्यवस्था गरिएको छ । जसअनुसार थापा, राणा र लोहनी महाधिवेशनसम्मका लागि अध्यक्षका रुपमा समान हैसियतमा रहनेछन् । यस्तै निर्देशन समिति, केन्द्रीय कार्यासम्पादन समिति र केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता आलोपालो हुनेछ भने यससम्बन्धी व्यवस्थापन केन्द्रीय सचिवालयले गर्नेछ ।

एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हुनेछ भने पार्टीको चुनाव चिन्हको सम्बन्धमा भने ६ महिनाभित्र पार्टीको उपयुक्त निकायबाट टुंगो लगाए बमोजिम हुने तीन अध्यक्षले हस्ताक्षर गरेको आधारपत्रमा उल्लेख छ ।

यस्तै पार्टीको झण्डा राप्रपाको बर्तमान झण्डा गाई हुनेछ । पार्टीको एकता घोषणा आगामी फागुन २८ गते गर्ने बताइएको छ भने एकताको डेढ वर्षभित्र महाधिवेशन सम्पन्न गर्ने समझदारी पनि भएको छ ।

एकीकृत पार्टीको विधान दुबै पार्टीको विधानलाई समेटेर एकीकृत बनाइने छ । तर, पार्टीको मुख्य नीति र सिद्धान्त भने धर्म सापेक्ष हिन्दु राष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असलग्न नीति हुने छ ।

वि.सं.२०७६ फागुन २५ आइतवार १५:०३ मा प्रकाशित

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

काठमाडौँ । महिलाले लगाउने भित्रि वस्त्र ‘ब्रा’ले स्तनको आकारलाई सन्तुलनमा...

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको...

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

ढाका । बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक...

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

काठमाडौँ । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म...

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत...

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

बेइजिङ । बेइजिङ र वासिङ्टनले उनीहरूको व्यापार युद्धको एक प्रमुख...