२५ फागुन, काठमाडौं । नेपाल भ्रमणवर्ष स्थगित भएपछि पोचुर्गलमा रहेको नेपालको कला संस्कृति प्रवर्दन गर्न स्थापित नेपुगल युनिपेशलले आफ्ना घोषित कार्यक्रम पनि स्थगित भएको जनाएको छ । संस्थाका कार्यक्रम संयोजक गंगा बहादुर नेम्कुलद्धारा जारी विज्ञप्तिमा अर्को पूचना नआउदासम्म द कल्चर एक्फ्लोर नेपालसँगको सहकार्यमा घोषित सम्पूर्ण कार्यक्रम स्थगित भएको जनाईएको हो ।
विश्वभरी फैलिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले भ्रमण वर्ष स्थगित गरेको र त्यसको समर्थनम आफूहरुले पनि संपूर्ण कार्यक्रमहरु स्थगित गरेको विज्ञप्तिमा जनाईएको छ ।
नेपाल सरकार परराष्ट्र मन्त्रालयको सहकार्यमा घषणा गरिएको कार्यक्रम नेपाल सरकारको अर्को सूचना प्राप्त नहुँदासम्म स्थगित गरिएको संस्थाले जनाएको छ ।
वि.सं.२०७६ फागुन २५ आइतवार १५:३४ मा प्रकाशित