२५ फागुन, काठमाडौं । विश्वभरका १ सय ३ देशमा फैलिसकेको कोरोना संक्रमण बंगलादेशमा पनि देखा परेको छ । बंगलादेशका तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमितलाई त्यहाँको कुर्मितोला अस्पतालमा भर्ना गरिएको छ ।
यसअघि भने बंगलादेशमा कोरोना भाइरसको संक्रमण देखा परेको थिएन । संक्रमितमध्ये दुई जना एकै परिवारको रहेको र उनीहरु इटालीबाट फर्केको जनाइएको छ ।
चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको प्रकोपबाट ३६ सय जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या १ लाख ६ हजार कटेका विवरणहरु प्राप्त भएको छ । इटालीले १ करोड ६० लाख मानिसहरुलाई क्वारेन्टाइनमा बस्न आह्वान गरेको छ ।
वि.सं.२०७६ फागुन २५ आइतवार १६:४६ मा प्रकाशित