Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

के भएको हो प्रचण्डलाई ? सचिवालयले दियो यस्तो जानकारी



२५ फागुन, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही दिनयता विरामी परेका छन् । रुघाखोकी र ज्वरो आएपछि उनी सार्वजनिक कार्यक्रममा निस्किएका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएकै दिनदेखि अस्पताल पुगेयता प्रचण्ड घर बाहिर निस्किएका छैनन् ।

ओलीको मिर्गौला प्रत्यारोपण गर्नुभन्दा अघिल्लो दिन अर्थात गत मंगलबार शिक्षण अस्पताल पुगेका प्रचण्ड त्यसयता कतै ननिस्किएको पारिवारिक स्रोतले जनाएको छ । प्रचण्ड ओलीलाई भेट्न अस्पतालमा आउँदा पनि सामान्य रुघाखोकी लागेको देखिएको अ‍ोलीको सचिवालयका सदस्यहरुले बताए । त्यसको भोलिपल्ट प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको थियो । मिर्गौला पुनः प्रत्यारोपणपछि अधिकांश नेताहरु अस्पताल गए पनि प्रचण्ड भने घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।

पछिल्लो समय प्रचण्डले भेटघाट पनि बन्द गरेका छन् । कोरोना संक्रमणको जोखिमका कारण नेकपाले प्रदेश भेला लगायत पार्टीका सबै कार्यक्रमहरु स्थगित गरेकाले पनि सार्वजनिक कार्यक्रममा जानु नपरेकाले उनी आराम गरिरहेकोसतिचवालयले जानकारी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको

धन्न पानी र अन्न बिना पानी बिना अन्न मानव जीवन रहन्न । यदि नहुँदो

१. पीडाको कथा मनको व्यथा बलिको प्रथा । २. हाम्रो अक्कल अज्ञानी पशु बध

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा