back

काँग्रेस नेताहरुद्वारा नेपालको प्रजातान्त्रिक आन्दोलनमा काशीको भूमिकाको स्मरण

वि.सं.२०७६ फागुन २६ सोमवार

429 

shares
GLOBAL IME AD
NTC AD

वाराणसी । नेपाल अध्ययन केन्द्र काशी हिन्दु बिश्वबिद्धालय र नेपाल विद्यार्थी संघ भारतको आयोजनमा ‘ुनेपालको प्रजातन्त्र स्थापनामा काशी क्षेत्रले खेलेको भुमिका’ शिर्षकमा अन्तर्राष्ट्रीय गोष्टि सम्पन्न भएको छ ।

गोष्टीलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोईरालाले आफ्नो बाल्यकाल देखि बिश्वबिद्धालय सम्मको जीवन बिताएकोले वाराणसीसंग आफ्नो गहिरो भावनात्मक सम्बन्ध रहेको कुरा बताए ।

नेपालमा तत्कालिन जहानिया राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनार्थ संघर्षका दिनहरुमा काशी क्षेत्रले निकै ठूलो योगदान गरेको कुरा औंल्याए। साथै नेपाल र बनारसको बहुआयामिक सम्बन्धहरुले समग्र नेपाल भारत को सम्बन्धलाई उचाई दिने काम गरेको भनाइ राखे ।

कार्यक्रममा अध्यक्षता गरेका भारतका प्रसिद्ध समाजबादी चिन्तक तथा जय प्रकाश नारायण बिश्वबिद्धालयका पुर्ब उपकुलपति प्रोफेसर हरिकेश सिंहले बिपि कोईरालाले नेपालमा प्रजातन्त्र स्थापना गर्न अत्यन्तै ठूलो भमिका निर्बाह गरेको र उनको नाममा काशी हिन्दु बिश्वबिद्धालयमा research centre स्थापना गरि अनुसन्धानको कामलाई अगाडि बढाउनु पर्नेमा जोड दिए ।

नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य डा मिनेन्द्र रिजालले ‘दक्षिण एसियामा प्रजातन्त्रको अवस्था र नेपालको सन्दर्भ’ भन्ने शिर्षकमा आफ्नो भनाई राखेका थिए । त्यस्तै केन्द्रिय सदस्य दिपक गिरीले नेपाल र बनारसका बहुआयामिक सम्बन्धहरुको बारेमा चर्चा गरे ।

अर्का केन्द्रिय सदस्य डा चन्द्र भण्डारीले प्रजातन्त्र स्थापना ले सामाजिक रुपान्तरणमा पुर्याएको योगदानको चर्चा गरे । पुर्ब अर्थराज्यमन्त्री उदय समशेर राणाले नेपालको परिप्रेक्ष्यमा आर्थिक प्रजातन्त्र कोअवस्था का बारेमा आफ्ना भनाईहरु राखेका थिए । नेपाली काङ्ग्रेसका केन्द्रिय आमन्त्रित सदस्य एबम नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले जनसम्पर्क समिती भारतले प्रजातान्त्रिक आन्दोलन खेलेको भुमिका र भारत नेपालको समन्धको बारेमा बोलेका थिए।

कार्यक्रममा भारतको राज्य सभाका पुर्व साम्सद आनन्द भास्कर रापुलु, बनारस हिन्दु युनिभर्सिटी का डिन प्रो. एम के सिंह, विभिन्न बिभागका संकाय प्रमुखहरु, वाराणसिका लब्द प्रतिष्ठित व्यक्तित्वहरु विभिन्न पार्टिका नेताहरु, विभिन्न नेपाली संघसस्थाका प्रतिनिधिहरु, बिश्वबिद्धालयका बिद्यार्थीहरु गरि करिव ३०० जनाको सहभागिता रहेको थियो।

उक्त कार्यक्रमको सम्योजन नेपाल अध्ययन केन्द्र, काशी हिन्दु बिश्वबिद्धालयका संयोजक प्रो. बि. वि. सिंह र नेपाल विद्यार्थी संघ भारतका महामन्त्री सुर्य न्यौपानेले गरेका थिए।

वि.सं.२०७६ फागुन २६ सोमवार १२:१४ मा प्रकाशित

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन नयाँ कार्यसमिति निर्वाीचत गर्दै...