back

भक्तपुरमा पनि होली सुनसान

वि.सं.२०७६ फागुन २६ सोमवार

429 

shares
GLOBAL IME AD
NTC AD

आज फागुन शुक्लपूर्णिमा अर्थात होली पर्व मनाइने दिन तर यसवर्ष विगतका वर्षमा झै होलीको रौनक कतै देखिएन । आज होली पर्व न लोला, न रङ्ग, फिका देखिएको छ होली । यसवर्षको होली पर्वलाई केही बालबालिकाले धानेका छन् ।

चीनको वुहानबाट फैलिएको कारोना भाइरस (कोभिड–१९) को माहमारी विश्वभर फैलिरहेका बेलामा नेपालमा पनि यसको सङ्क्रमण फैलिन नदिन सरकारले समूहगत रुपमा होली खेल्न, पानी तथा लोला नखेल्न र जथाभावी रङ्ग नदल्न गरेको आह्वान अनुरुप होलीको रौनक हराएको छ ।

आज दिउँसो १२ः०० बजेसम्म भक्तपुरका मुख्य शहरदेखि काठमाडौंको बानेश्वरसम्म पुग्दा पनि होलीको रौनक देखिएन । कौशल्टारमा रेडिमेड पसल सञ्चालन गर्दै आएका अनुप थापा यसवर्षको होली निकै फिका भएको बताउछन् । यसवर्ष निर्वाध रुपमा महिला सजिलै ओहोरदोहोर गरिरहेका, कतै लोला हान्ने, रङ्ग दल्ने र पानी छ्याप्ने गरेको नदेखिएको र टिसर्टसमेत बिक्री नभएको उनी बताउछन् । उनले भने, ‘गतवर्ष होलीको दिनसम्म १५७ होलीका टिसर्ट बिक्री गरेको थिएँ, यसवर्ष बिक्री गर्न ल्याएको ३० टिसर्टमध्ये सात मात्रै बिक्री भए, त्यो पनि बच्चाको, कोरोनाले त होलीमात्रै हैन, व्यापार पनि चौपट पा-यो ।’

सरकारको आह्वानसँगै कोरोना भाइरसको सङ्क्रमणको जोखिमले मानिस आफै सचेत भएर होली खेल्न नगएका हुन् । विगतका वर्षमा पर्यटकसमेत होलीमा रमाउने गरे पनि यसवर्ष पर्यटकसमेत होलीमा रमाएको देखिएन । भक्तपुर दरबारस्क्वायरका पर्यटन व्यवसायी पुरुषोत्तम धौभडेल यसवर्षको होलीमा पर्यटक नआएकाले पर्यटकले होली मनाएर रमाइलो गरेको नपाइएको बताउछन् । होलीमा पर्यटकसमेत नआउँदा पर्यटन व्यवसायसमेत सुनसान बनेको उनी बताउछन् ।

विगतका वर्षमा साथीहरु जमघट भएर रेष्टुरेष्टमा रमाइलो गर्दै होली खेल्ने गरे पनि यसवर्ष भने परिवारसँग घरमै घाम तापेर बसेको सूर्यविनायक नगरपालिका– ३ बालकोट नयाँ बस्तीका आशिष न्यौपाने बताउछन् । यसवर्ष छोराछोरी पनि होलीमा कतै नगएको बताउँदै अहिले रमाइलो गर्ने भन्दा पनि सचेत हुने बेला भएको बताए ।

कलेजका साथीसँग यसवर्ष मज्जाले होली खेल्ने एक महिना अघिदेखिको योजना रद्द गरेको बताउने कोटेश्वर जडीबुटीकी सुष्मा थापाले कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर होली खेल्ने योजना रद्द गरेको बताए । उनले भने, ‘कक्षा १२ को जाँच आउनै लागेको छ, यसपाली साथीहरु सबै मिलेर रमाइलो गर्नुपर्छ भन्ने योजना थियो तर रोक्यौं, पहिला पनि होली खेलेकै हो, अर्को साल पनि खेलौला तर यसवर्ष होली खेलिएन ।’

हरेक वर्ष फागुपूर्णिमाका दिनमा सडकभरी होली खेल्ने र कराउँदै रमाइलो गर्नेको भिडभाड देखिन्थ्यो भने यसवर्ष सडकमा होली खेल्ने जमात देखिएन । विगतका वर्षमा होलीका दिन सार्वजनिक यातायात ठप्प हुने भए पनि यस वर्ष सार्वजनिक यातायात पनि चलिरहेका छन् ।

वि.सं.२०७६ फागुन २६ सोमवार १४:१२ मा प्रकाशित

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

एउटै ब्रा लामो समय लगाउँदा के हुन्छ ?

काठमाडौँ । महिलाले लगाउने भित्रि वस्त्र ‘ब्रा’ले स्तनको आकारलाई सन्तुलनमा...

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा

धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको...

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

ढाका । बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक...

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना

काठमाडौँ । नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म...

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

कानुन र नीतिगत सुधारलाई प्राथमिकता : गृहमन्त्री लेखक

विराटनगर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत...

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

चीनले अमेरिकासँगको व्यापार वार्तापछि बोइङमाथिको प्रतिबन्ध हटायो : रिपोर्ट

बेइजिङ । बेइजिङ र वासिङ्टनले उनीहरूको व्यापार युद्धको एक प्रमुख...