Logo
९ कार्तिक २०७८, मंगलवार
     Tue Oct 26 2021
E-paper
  English Edition
   Unicode
Logo

स्वास्थ्यमन्त्री भन्छन्-‘कोरोनाको शंका लागे आफैं क्‍वारेन्टाइनमा बस्‍नुपर्छ’



२७ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कुनै व्यक्तिमा कोरोना भाइरसको आशंका देखिएमा आफैं क्‍वारेन्टाइनमा बस्‍नुपर्ने बताएका छन् । मंगलबार मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले चीनबाट विद्यार्थी ल्याएर क्‍वारेन्टाइनमा राखेजसरी नराख्ने जानकारी दिए। उनले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आफैं क्‍वारेन्टाइनमा बस्नुपर्ने बताए ।

‘क्‍वारेन्टाइन भन्नेबित्तिकै मान्छेहरुले हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौं। अब सेल्फ (आफैं) क्‍वारेन्टाइनमा मान्छेहरु बस्नुपर्छ। डब्ल्युएचओको मापदण्डभित्र बस्नुपर्‍यो’ उनले भने ।

विभिन्न ८ मुलुकबाट आउने नागरिकलाई त्यहाँको चिकित्सकले बढीमा ७ दिन अगाडि कोरोनाको संक्रमण छैन भन्‍ने प्रमाणित गरेको प्रमाणपत्र भएमात्रै नेपाल प्रवेश दिइने व्यवस्था गरिएको उनले बताए ।

युवा संघले सामाजिक सञ्जाल र विझिन्न आम सञ्चार माध्यमबाट अड्कबाजीमा सूचना सम्प्रेषण भइरहेको सन्दर्भमा आधिकारिक सूचना जारी गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ। संक्रमण भएमा उपचार गर्ने र अन्यमा फैलिन नदिने विधिबारे प्रचारप्रसार गर्न आवश्यक कदम चाल्न पनि आग्रह गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ मा आफ्नो निर्देशन उल्लंघन गर्ने विभिन्न आठ वाणिज्य

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना कार्यकर्ता शिव कुमार गिरी