
२७ फागुन, भारत । अमेरिकाको न्युयोर्कबाट फर्किएका एक भारतीय सफ्टवेयर इन्जिनियरमा कोरोना संक्रमण भएको पाइएको छ ।
उनी २७ फेब्रअरीमा अमेरिकाको अस्टिनबाट न्युयोर्कको यात्रा गरेका थिए । न्युयोर्कबाट दुवई र दुवई हुँदै बेंग्लोर पुगेका ४० वर्षीय ती युवालाई बेंग्लोरमा कोरोना संक्रमण भए/नभएको जाँच गरिएको थियो । उक्त समयमा उनमा कोरोनाको लक्षण देखिएको थिएन । तर, चारदिनपछि स्वास्थ्यमा समस्या आएपछि एक प्राइभेट अस्पतालको ओपिडीमा जाँच गराएका थिए । उनको समस्यालाई लिएर सरकारी अस्पतालमा रिर्पोट गरिएको थियो ।
पाँच मार्चमा उनलाई सरकारी अस्पतालमा भर्ना गरेर उनको रगतको दुई सेम्पल टेस्टका लागि पठाइएको थियो । उक्त टेस्ट रिर्पोटमा उनलाई कोरोना संक्रमण भएको पाइएको बीबीसीले जनाएको छ ।
बेंग्लोरका मेडिकल शिक्षामन्त्री डाक्टर सुधाकरले ती व्यक्तिको स्वास्थ्य अवस्था राम्रो भएको जानकारी दिएका छन् । ‘उनमा सुधार भइरहेको छ । आत्तिनुपर्ने अवस्था छैन । हामी सबैले उनको स्वास्थ्य सुधारको कामना गर्नुपर्दछ ।’
वि.सं.२०७६ फागुन २७ मंगलवार १५:१८ मा प्रकाशित