back

आयोजित कार्यक्रम सबै बन्द गर्न भन्दै नेपाली दूतावास साउदीको यस्तो आग्रह

वि.सं.२०७६ फागुन २७ मंगलवार

123 

shares
NTC AD
Global IME AD

२७ फागुन, साउदी । नेपाली दूतावास साउदीले कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी सचेतना जगाउँदै साउदीका नेपाली समुदाय तथा संघसंस्थाद्धारा आयोजित कार्यक्रम बन्द गर्न आग्रह गरेको छ ।

दूतावासले युएई, कुवेत, बहराइन, लेवनान, सिरिया, साउथ कोरिया, इटाली र इराकका सम्पूर्ण आवागमन बन्द गरेकोले दूतावासले युएई ट्रान्जिट हुँदै नेपाल पठाउनका लागि आइतबार बिहानै विमानस्थल लगिएका तीन नेपाली महिलालाई पुनः दूतावासमै फर्काउनु परेको समेत बताएको छ ।

‘अतः विदामा नेपाल जाने, नेपालबाट परिवारका सदस्यहरु ल्याउने वा अन्य यात्रा तय गर्दा सम्पूर्ण कुराहरुलाई विचार गरी यथेष्ठ सूचनाका आधारमा मात्र गर्नुहुन अनुरोध छ ।’ दूतावासद्धारा जारी सूचनामा भनिएको छ ।

दूतावासले भाइरस संक्रमणका बारेमा सचेतना जगाउँदै साउदीमा आइतबार बिहानसम्म १५ जना कोरोना भाइरस संक्रमित भएको बताउँदै साउदी अरवको पूर्वी क्षेत्रको महत्वपूर्ण व्यापारिक शहर दमाम नजिकैको स्थान त्रबतष को आवत जावत बन्द गरिएको बताएको छ । उक्त क्षेत्रबाट बाहिर गएका बासिन्दालाई भने शहरभित्र आउन दिइएको र सो क्षेत्रका सरकारी कार्यालय, निजी संस्थाहरु, यातायात तथा क्याटरिङ सेवाहरु समेत बन्द गरिएको दूतावासद्धारा जारी सूचनामा जनाइएको छ ।

त्यसैगरी उक्त क्षेत्र वरिपरी रहेका नेपालीहरुले यस संक्रमणबाट बच्न सम्भव सबै उपाय अवलम्बन गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

वि.सं.२०७६ फागुन २७ मंगलवार १७:१० मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...