Logo
१० कार्तिक २०७८, बुधबार
     Wed Oct 27 2021
E-paper
  English Edition
   Unicode
Logo

एनआरएनएको १३ औं युरोप क्षेत्रिय बैठक तथा विज्ञ सम्मेलन आयरल्याण्डमा हुने



२७ फागुन, आयरल्याण्ड । गैरआवासीय नेपाली संघको १३ औं युरोप क्षेत्रिय बैठक तथा विज्ञ सम्मेलन आयारल्याण्डमा हुने भएको छ ।

आगामी अगस्ट ८ र ९ मा आयरल्याण्डको डब्लिनमा आयोजना हुने बैठक तथा सम्मेलनमा २८ देशका प्रतिनिधिहरुको सहभागीता हुने संघका युरोप उपसंयोजक कृष्ण तिमल्सीनाले जानकारी दिए ।

बैठक व्यवस्थापनको जिम्मा लिएको राष्ट्र गैरआवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष मिलन छन्त्यालका अनुसार सो बैठकको तयारी शुरु भैसकेको छ । सम्मेलन डुब्लीनस्थित र्याडिन होटलमा आयोजना हुने भएको छ । छन्त्यालले बैठकको तयारी बारेपछि बिस्तृत विवरण सार्वजनिक गरिने बताए ।

संघको अक्टोवरमा हुने विज्ञ सम्मेलनको तयारी स्वरुप युरोप क्षेत्रका नेपाली विज्ञहरुले समेत सो बैठकमा सहभागिता जनाउने संघका महासचिव डा. हेम राज शर्माले बताए । यसअघि संघको १२ औं क्षेत्रीय बैठक इटालीको रोममा सम्पन्न भएको थियो भने संघको यो नियमित बैठक हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुधबार बेलुका सिंहदरबारमा अचानक गोली चलेको छ । तर, उक्त गोलीले कसैलाई

काठमाडौं । गैरआवासीय नेपाली संघको फाउण्डेशन विधिवत रुपमा दर्ता भएको छ । गैरआवासीय नेपाली

बलिउड नायिका कटरिना कैफले आफ्ना प्रेमी नायक विक्किी कौसलसँग लगन गाँठो कस्ने भएकी छन्

काठमाडौं । एकसातादेखि निरन्तर बढिरहेको सुनको मूल्य आज एकैदिन ६०० रुपैयाँले घटेक छ ।

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको