Logo
१० कार्तिक २०७८, बुधबार
     Wed Oct 27 2021
E-paper
  English Edition
   Unicode
Logo

टि–२० क्रिकेट प्रतियोगिता : ट्यालेन्ट हन्टबाट विभत्सु र आरियो छनोट



२७ फागुन । ललितपुर पयाट्रियट्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टि–२० क्रिकेट प्रतियोगिताका लागि ट्यालेन्ट हन्टबाट दुई खेलाडी छनोट गरेको छ । छनोट हुनेमा विभत्सु थापा र आरियो पौडेल रहेका छन् ।

ललितपुरले इमाडोलमा आयोजना गरिएको ट्यालेन्ट हन्टबाट विभत्सु र आरियोलाई छनोट गरिएको हो । इपीएलको नियमानुसार हरेक टोेलीले ट्यालेन्ट हन्टबाट दुई खेलाडी छनोट गर्नुपर्ने हुन्छ । छनोटमा परेका विभत्सु ब्याट्सम्यान तथा आरियो बलर हुन् ।

कोरोना भाइरसको कारण इपीएल अनिश्चितकालका लागि स्थगित गरिएको छ । यसअघि इपीएल त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा अगामी चैत १ गतेदेखि तय गरिएको थियो ।

ललितपुर पयाट्रियट्स र पोखरा राइनोजबीच उद्घाटन खेल खेलाइने निश्चित गरिएको थियो । यसअघि ललितपुरले विदेशी खेलाडीका रुपमा उपुल थरङ्गा, हसन खान, हमाद आजम र मिर हाम्जालाई आफ्नो टिममा भित्र्याइसकेको छ । ललितपुरको कप्तानमा ज्ञानेन्द्र मल्ल तथा प्रशिक्षकमा राजु बस्न्यात छन् । इपीएलमा ललितपुरसँगै काठमाडौँ किङ्गस इलाभेन, विराटनगर वारिवर्स, चितवन टाइगर्स, पोखरा राइनोज तथा भैरहवा ग्ल्याडियटर्स रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुधबार बेलुका सिंहदरबारमा अचानक गोली चलेको छ । तर, उक्त गोलीले कसैलाई

काठमाडौं । गैरआवासीय नेपाली संघको फाउण्डेशन विधिवत रुपमा दर्ता भएको छ । गैरआवासीय नेपाली

बलिउड नायिका कटरिना कैफले आफ्ना प्रेमी नायक विक्किी कौसलसँग लगन गाँठो कस्ने भएकी छन्

काठमाडौं । एकसातादेखि निरन्तर बढिरहेको सुनको मूल्य आज एकैदिन ६०० रुपैयाँले घटेक छ ।

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको