back

क्वारेन्टाइनमा आफै बस्नु पर्ने, रिजल्ट पोजेटिभ देखिए सरकारले उपचार गर्ने

वि.सं.२०७६ फागुन २७ मंगलवार

432 

shares
GLOBAL IME AD
NTC AD

२७ फागुन । सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा चीनको वुहानबाट उद्धार गरेर ल्याइएका नेपालीहरुलाई जस्तै अन्य मानिसलाई क्वारेन्टाइनमा राख्न नसक्ने बताएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानकर्षणपत्र बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले क्वारेन्टाइनमा बस्नु पर्ने अवस्था आए नेपालीहरु आफैं क्वारेन्टाइनमा बस्नु अनुरोध गरेका छन् ।

उनका अनुसार आफै क्वारेन्टाइनमा बसे पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड भने पालना गर्नुपर्ने हुन्छ । सेल्फ क्वारेन्टाइनमा बस्नेले दिनैपिच्छे ज्वरो आएको छ/ छैन नाप्नु पर्ने, परिवारसँग कति दुरीमा बस्ने, के खाने ? के गर्ने, के नगर्ने ? सरकारले बनाएको मापदण्ड मान्नु पर्ने उनको भनाई छ ।
मन्त्री ढकालले ज्वरो आएमा, रुघाखोकी लागेमा अस्पतालमा परीक्षण गर्ने व्यवस्था गरिएको र यदि परीक्षण गराउँदा पोजेटिभ रिजल्ट देखिएमा अस्पतालमा राखेर उपचार गर्नुपर्‍यो भने त्यसको जिम्मा राज्यले लिने जानकारी दिए ।

वि.सं.२०७६ फागुन २७ मंगलवार २०:२४ मा प्रकाशित

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

काठमाडौँ, ५ जेठः जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान...

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

काठमाडौँ  । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष...

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

विराटनगर । कोशी प्रदेशका सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा...

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले...

गणतन्त्र दिवस मूल समारोह समिति गठन

गणतन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौँ । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी...

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा व्यवसायिक मौरी पालन सम्वन्धि १६...