Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

‘आफैैं क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने राज्यको लाचारीपनलाई निरही नागरिकले कसरी बुझ्ने ?’



२७ फागुन, काठमाण्डौं । पाटन उच्च अदालतका न्यायाधिश टेकनारायण कुँवरले विश्व स्वास्थ्य संगठनले उच्च जोखिमम राखेको नेपालका जनतालाई राज्य आफैले क्वारेन्टाइनमा बस्नुपर्ने भनेर लाचारीपन देखाएको बताएका छन् ।

कोरोनाको सन्त्रासले विश्व नै थिलो थिलो बनेका बेला विश्व स्वास्थ्य संगठनले उच्च जोखिमको कोटीमा राखेको नेपालका जनतालाई आफैं क्वारेन्टाइनमा बस्नुपर्ने भन्ने राज्यको लाचारी पनलाई कसरी बुझ्ने ? भन्दै न्यायाधिश कुँवरले प्रश्न उठाएका हुन् ।

‘के कुनैपनि लोककल्याणकारी राज्य यति निरिह हुन सक्तछ वा मिल्छ ? कोरोनाको संत्रासले विश्व नै थिलथिलिएको र WHO ले उच्च जोखिमको कोटीमा राखेको देश नेपालका जनताहरुलाई आफै क्वारेण्टाइनमा बस्नु पर्ने भनी गरिएको आग्रह नेपालको संविधानको धारा ३५ ले प्रत्याभूत गरेको मौलिक हक समेतसंग सापेक्ष भएन कि ? संसारका अरु मुलुकका सरकारहरुले बोध गरेको जिम्मेवारीको प्रकाशमा हेर्दा पनि हाम्रो राज्यको यस लाचारीलाई निरिह नागरिकले कसरी बुझ्ने हो ?’ न्यायाधिश कुँवरले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानकर्षणपत्र बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले क्वारेन्टाइनमा बस्नु पर्ने अवस्था आए नेपालीहरु आफैं क्वारेन्टाइनमा बस्नुपर्ने अभिव्यक्ति दिएपछि त्यसको विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ ।

क्वारेन्टाइनमा आफै बस्नु पर्ने, रिजल्ट पोजेटिभ देखिए सरकारले उपचार गर्ने


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको

धन्न पानी र अन्न बिना पानी बिना अन्न मानव जीवन रहन्न । यदि नहुँदो

१. पीडाको कथा मनको व्यथा बलिको प्रथा । २. हाम्रो अक्कल अज्ञानी पशु बध

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा