back

कोरोनाबाट इरानमा एकै दिन ५४ जनाको मृत्यु

वि.सं.२०७६ फागुन २८ बुधवार

435 

shares
GLOBAL IME AD
NTC AD

२८ फागुन, तेहरान ।  इरानमा नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट विगत २४ घण्टाको अवधिमा ५४ जनाको मृत्यु भएको छ । इरानमा एकै दिन कोरोनाको सङ्क्रमणबाट यति ठूलो सङ्ख्यामा मानिसको मृत्यु भएको पहिलो घटना भएको इरानी अधिकारीहरूले बताएका छन् ।

पछिल्लो मृत्युसँगै इरानमा कोरोना सङ्क्रमित भई मर्नेहरूको सङ्ख्या २९१ जना पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपोरले बताए ।

उनले कोरोना सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या निरन्तर बढेको बताउँदै पछिल्लो पटक ८८१ जनामा कोरोना भएको पुष्टि भएको जानकारी दिए । इरानमा अब सङ्क्रमित व्यक्तिको कूल सङ्ख्या ८ हजार ४२ पुगेको छ ।

जोहानपोरले यसबीच दुई हजार ७३१ जना भने निको भएर घर फर्केको बताए । कोरोनाको सङ्क्रमणबाट सर्वाधिक प्रभाव राजधानी तेहरानमा परेको छ जहाँ दुई हजार ११४ जना सङ्क्रमित भएका छन् ।

क्यास्पियन सागरसँग सीमा जोडिएको लोकप्रिय पर्यटकीय क्षेत्र मजान्दारान प्रान्तमा ८८६ जना तथा क्वोममा ७५१ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।

इरानले अझैसम्म आधिकारिक रूपमा मानिसहरूलाई क्वारेन्टाइनमा रहन बाध्य बनाएको छैन, तर अधिकारीहरूले मानिसहरूलाई अनावश्यक यात्रा नगर्न तथा यात्रा निरुत्साहित गर्ने उद्देश्यले होटलहरू बन्द गर्न आदेश दिएको छ ।

वि.सं.२०७६ फागुन २८ बुधवार ०९:०१ मा प्रकाशित

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच बेइजिङमा भेटवार्ता

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच बेइजिङमा भेटवार्ता

बेइजिङ । चीनले ल्याटिन अमेरिकासँगसम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ ल्याटिन...

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

पुँच (भारत) । अप्रत्याशित रूपमा शनिबार सहमति भएको युद्धविरामपछि दुई...

राष्ट्रपति ट्रम्पको खाडी मुलुकहरूतर्फको ऐतिहासिक भ्रमण, व्यापारिक सहकार्य र क्षेत्रीय स्थायित्वमा जोड

राष्ट्रपति ट्रम्पको खाडी मुलुकहरूतर्फको ऐतिहासिक भ्रमण, व्यापारिक सहकार्य र क्षेत्रीय स्थायित्वमा जोड

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदो सोमबार...

क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि

क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि

ओटावा । क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अङ्कले...

इरान–अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतवार ओमानमा हुने

इरान–अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतवार ओमानमा हुने

तेहरान ।  इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष...

अमेरिकी भन्सार र येनको कारण टोयोटाको नाफा ३४.९ प्रतिशतले घट्ने पूवानुमान

अमेरिकी भन्सार र येनको कारण टोयोटाको नाफा ३४.९ प्रतिशतले घट्ने पूवानुमान

टोकियो । जापानको प्रमुख अटो निर्माता टोयोटा मोटर कर्पोरेशनले आर्थिक...