Logo
३ कार्तिक २०७८, बुधबार
     Wed Oct 20 2021
E-paper
  English Edition
   Unicode
Logo

बेलायती स्वास्थ्यमन्त्री नै कोरोना संक्रमित



बेलायती स्वास्थ्यमन्त्री नादिन डोरिसको रोनाभाइरसबाट संक्रमित भएको खबर छ । डोरिस कोरोना भाइरसद्वारा संक्रमित हुने पहिलो बेलायती सांसद हुन् ।

उनले आफू बिरामी हुनु अघिल्लो दिन प्रधानमन्त्री बोरिस जोनससँगको स्वागत समारोहमा भाग लिएको र त्यसहप्ता संसदमा अरु व्यक्तिहरुसँग समेत भेटेको खबर पनि संचारमाध्यममा छ ।

उनी शुक्रवार बिरामी परेकी थिइन भने सोमबार साँझ उनलाई कोरोना लागेको पुष्टि भएको थियो ।

आफूलाई कोरोना लागेको थाहा पाएपछि उनी घरभित्र सेल्फ आइसोलेशनमा राखेको संचारमाध्यमहरुले समाचारमा जनाएका छन् ।

डोरिसले एक वक्तव्य जारी गर्दै बेलायतको सार्वजनिक स्वास्थ्य विभागले उनीसँगको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी गरिरहेको र उनको विभाग र संसदीय कार्यालयले विभागको सल्लाह अनुसरण गरिरहेको जानकारी दिएकी छिन् ।

बेलायतमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ भने ३ सय ८२ जनामा संक्रमण देखिएको छ। ६२ वर्षे डोरिसले नर्सको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनीसँगै बस्ने उनकी ८४ वर्षीया आमाले पनि मंगलबारदेखि खोक्न थालेपछि आफूलाई निकै चिन्ता लागेको उनले ट्वीटरमार्फत् जानकारी दिएकी छिन् ।

चीनको हुबई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरस यतिबेला संसारभर फैलिएको छ । कोरोनाको उत्पत्ति स्थल चीनमा यो रोग नियन्त्रणमा आएपनि अन्य देशहरुमा बढ्ने क्रममा रहँदा आम मानिसहरु त्रसिद बनेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

वालिङ्, स्यांग्जा । पर्वतका जयनारायण तिवारी र स्याङ्जाका शोभाखर ढकाल नेकपा (माओवादी केन्द्र) को

काठमाडौं । बागमतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत पाउने स्थिति नबनेपछि नेकपा (एमाले)ले मतदानको

काठमाडौँ । नेपालमा भारतको वहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको