२८ फागुन, नवलपुर। नवलपरासी (बर्दघाट–सुस्ता पूव)को गैँडाकोटमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका-१० का ३५ वर्षीय ज्ञानबहादुर कुँवर रहेको प्रहरीले जनाएको छ ।
चितवनबाट तरकारी बोकेर बुटवलतर्फ जाँदै गरेको ना३च २२६१ नम्बरको बोलेरोले पूर्वपश्चिम राजमार्गमा पर्ने गैँडाकोट नगरपालिका-५ को जनक मावि नजिकै आज बिहान २ः४५ बजे ठक्कर दिँदा गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा भरतपुरको चितवन मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए ।
ठक्कर दिने बोलेरो र त्यसका चालक धादिङको बेनीघाट गाउँपालिकाका चन्द्रबहादुर चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।रासस
वि.सं.२०७६ फागुन २८ बुधवार १०:३१ मा प्रकाशित