
काठमाडौँ । सपन राईको ‘बाटोको काँडा’ बोलको गीत सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै गीत सार्वजनिक गरिएको हो ।
सहाश शाक्यको एरेन्ज, तारा प्रकाश लिम्बुको शब्द तथा संगीत रहेको यस गीतमा सञ्चारकर्मी नरेश भट्टराई र रेविका गुरुङ फिचर्ड छन् ।
चाम्स इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको उक्त गीतको भिडियोलाई राजकुमार केसीले छायांकन तथा धुव्रराज पराजुलीले सम्पादन गरेका हुन् ।
वि.सं.२०७६ फागुन २८ बुधवार १२:०५ मा प्रकाशित