Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo

बास्कोटाको घरमा आतंककारीले बम विस्फोट गराएको भन्दै अध्यक्ष प्रचण्डले जनाए यस्तो आपत्ति



२८ फागुन, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बम विष्फोटमा संलग्नलाई कारबाही गर्न भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बिहान नेकपाका केन्द्रीय सदस्य, निर्वतमान संचारमन्त्री तथा प्रवक्ता गोकुल बास्कोटाको घरमा भएको बम विस्फोटमा अध्यक्ष दाहालले आपत्ति जनाउँदै घटनामा संलग्न अपराधिहरुलाई नियन्त्रणमा लिन र कडा कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको बताएका छन् ।

‘आज बिहान ७ः५० बजे पार्टीका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री कमरेड गोकुल प्रसाद बास्कोटाको मध्यपुर नगरपालिका वडा नं १ लोकन्थली, भक्तपुरस्थित निजी निवासमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्याएको छ । म हाम्रो पार्टीको तर्फबाट उक्त अपराधिक घटनाको घोर निन्दा एवं भत्र्सना गर्दछु । घटनामा संलग्न अपराधिलाई नियन्त्रणमा लिन र कडा कानुनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’ अध्यक्ष प्रचण्डद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ

काठमाडाैं । नेपाली समाजमा जात र थरकाे विषयले निकै प्राथमिकता पाइरहेकाे हुन्छ । मानिसहरूले