back

लगातारको बन्दले रोल्पाको जनजीवन कष्टकर बन्दै

वि.सं.२०७३ पुस १ शुक्रवार

459 

shares
GLOBAL IME AD
NTC AD

१ पुस,रोल्पा । बिहीबारदेखिको लगातार बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ । सदरमुकाम लिवाङलगायत ग्रामीण क्षेत्र समेत बन्द रहेका कारण यहाँको जनजीवन प्रभावित भएको हो ।

पाँच नं प्रदेशबाट रोल्पा प्यूठानलगायत पहाडी जिल्ला छुट्याउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक विरुद्ध आन्दोलन गरिरहेका रोल्पालीले तेस्रो चरणको कार्यक्रमअन्तर्गत बिहीबारदेखि जिल्ला बन्द गरेकाले जनजीवन कष्टकर भएको हो ।

बन्दका कारण बिहानैदेखि यातायात, शिक्षण संस्था, बजार, कलकारखाना खुलेका छैनन् । एम्बुलेन्स, प्रेस तथा दूध बोक्ने गाडीलाई भने निर्वाध रुपमा आवतजावत गर्न दिएको संयुक्त सङ्घर्ष समितिले जनाएको छ ।
बिहीबार भएको आन्दोलनमा आठ आन्दोलनकारी तथा तीन प्रहरी घाइते भएको बताइएको छ ।

संयुक्त सङ्घर्ष समितिले बिहीबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी प्रहरी दमनको विरोध गर्दैै आन्दोलनका क्रममा घाइते बनेका व्यक्तिको निःशुल्क स्वास्थ्य उपचार गर्न मागसमेत गरेको छ । रासस

वि.सं.२०७३ पुस १ शुक्रवार ०७:५७ मा प्रकाशित

कार्य क्षमता बढाउन मन्त्री गुरूङका निर्देशन

कार्य क्षमता बढाउन मन्त्री गुरूङका निर्देशन

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्रालय मातहतका...

आगलागीमा तीन जनाको मृत्यु

आगलागीमा तीन जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न स्थानमा आगलागीमा परी पछिल्लो २४ घण्टामा...

स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल

स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइँ गर्नु हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त...

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ...

‘लगानीको वातावरण बनाउन सरकार तयार’

‘लगानीको वातावरण बनाउन सरकार तयार’

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको...

प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने निर्णय

प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने निर्णय

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारले २०८० मा जारी गरेको...