Logo
४ कार्तिक २०७८, बिहीबार
     Thu Oct 21 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रतिपक्षको अवरोधपछि तेस्रो दिन पनि बैठक स्थगित



३० फागुन, पोखरा । गण्डकी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण आज तेस्रो दिन पनि स्थगन भएको छ ।

प्रदेशसभा सचिवालयसम्बन्धी विधेयकका केही बुँदामा असहमति राखेको काँग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधिलाई समेत मिचिएको भन्दै प्रदेशसभा अवरुद्ध गराएको हो ।

बैठक शुरु हुनासाथ काँग्रेसका सदस्यले उठेर अवरोध गरेपछि पटकपटक सभामुख नेत्रनाथ अधिकारीले बस्न आग्रह गरे पनि नबसेपछि आगामी चैत २ गते अपराह्न १ बजेसम्मका लागि स्थगन गरे ।

काँग्रेसले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा सचिवालयका सचिवको असीमित अधिकारलाई सीमित गर्नुपर्ने माग गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले जानकारी दिए ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका सञ्चालन सम्बन्धमा कार्यविधि मिचेर नेकपा नेतृत्वको सरकारले आफ्ना सांसदको इच्छानुसार गर्न लागेको जनाउँदै उनले आफूहरूले त्यसको विरोध गरेको बताए । आफूहरूका माग सम्बोधन नहुँदासम्म काँग्रेसले प्रदेशसभा अवरोध जारी राख्ने उनको भनाइ थियो ।रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ परेका आर्यन खानको जमानत निवेदन अस्वीकार भएपछि छोरालाई भेट्न

४ कार्तिक, काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आज (कात्तिक ४ गते) देखि सर्वसाधारणका

वालिङ्, स्यांग्जा । पर्वतका जयनारायण तिवारी र स्याङ्जाका शोभाखर ढकाल नेकपा (माओवादी केन्द्र) को

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि