back

वर्षातपछि डोल्पामा हिमपात शुरु, तापक्रम शून्यमा झर्याे

वि.सं.२०७६ फागुन ३० शुक्रवार

420 

shares
GLOBAL IME AD
NTC AD

३० फागुन, डोल्पा । आज बिहानदेखि शुरु भएको मुसलधारे वर्षात्पछि डोल्पामा भारी हिमपात शुरु भएको छ । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा हिउँले सेताम्य भएको छ ।

त्यसैगरी तल्लो र मध्य डोल्पामा पर्ने दुनै, सुँ, जुफाल, माझफाल, रह, लिकु, त्रिपुराकोट, पहाडा, काइगाउँलगाइयतका बस्तीमा पनि बाग्लो हिउँ जमेको छ । बिहानैदेखि शुरु भएको हिमपात पनि जारी रहेको र वर्षभरिकै बाग्लो हिउँ जम्ने सङ्केत देखिएको त्रिपुराकोटका स्थानीयवासीले बताएका छन् ।

बेमौसममा परेको हिमपातका कारण डोल्पाको तापक्रम शून्यमा झरेको छ भने जनजीवन कष्टकर बनेको छ । प्रत्येक वर्ष हिउँदको समयमा धेरै पटक हिउँ पर्ने भए पनि यो वर्ष अघिल्लो वर्षभन्दा धेरै कम हिउँ परेको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय देवीकृण उपाध्यायले बताए । फागुन अन्तिममा वर्षातसँगै हिउँले हिमाली भेगमा लगाइएको बालीनालीलाई फाइदा पुग्नुका साथै पशुवस्तुका लागि खर उम्रनलाई सहयोग पुग्ने उनले बताए ।

विमानस्थल बन्द
बिहानैदेखि वर्षातसँगै शुरु भएको हिमपातपछि जुफाल विमानस्थल बन्द भएको छ । धावनमार्गमै हिउँ जमेपछि आज बिहान कुनै पनि उडान नभएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।

डोल्पाली जनताका लागि यातायातको एकमात्र साधनका रुपमा रहेको जुफाल विमानस्थल बन्द भएपछि आवतजावत ठप्प भएको छ भने दैनिक उपभोग्य सामग्री ढुवानी ठप्प भएको छ ।

आज दिनभर हिमपात जारी रहे शनिबारसमेत उडान नहुने सम्भावना देखिएको विमानस्थलले जनाएको छ । हिमपातका कारण जिल्लाका विभिन्न ठाउँमा राखिएका मोबाइल टावर आउने जाने भइरहेका सर्वसाधारणले बताएका छन् ।रासस

वि.सं.२०७६ फागुन ३० शुक्रवार १५:०२ मा प्रकाशित

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

देवचुली । प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशाला कार्यक्रम सप्पन्न...

अन्तरराष्ट्रिय ‘एभरेस्ट समिटियर्स समिट’ को तयारी अन्तिम चरणमा

अन्तरराष्ट्रिय ‘एभरेस्ट समिटियर्स समिट’ को तयारी अन्तिम चरणमा

काठमाडौँ । नेपालमा अन्तरराष्ट्रिय एभरेस्ट समिटियर्स समिट–२०२५ आयोजना हुने भएको...

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाई टिकट खरिदमा पाँच सय क्यासब्याक

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाई टिकट खरिदमा पाँच सय क्यासब्याक

काठमाडाैँ । ज्योति विकास बैंकले बैंकको मोबाईल बैंकिङ्ग APP ज्योति...

सिटिजन्स बैंकद्वारा आवाजलाई सहयोग

सिटिजन्स बैंकद्वारा आवाजलाई सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एकल...

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय...