Logo
२ कार्तिक २०७८, मंगलवार
     Tue Oct 19 2021
E-paper
  English Edition
   Unicode
Logo

कविता: अस्तित्व



म अस्तित्व रोप्न चाहन्छु
थाहा छैन अस्तित्वको बीउ
मरुभूमिमा अङ्कुराउँछ कि अङ्कुराउँदैन ?
सगरमाथामा हुर्कन्छ कि हुर्कँदैन ?
लुम्बिनीमा फक्रन्छ कि फक्रँदैन ?

म आफैँ अस्तित्वको बीउ हुँ
भन्छन् भ्रुण ह्रास भइसकेको छ
तापनि म बीउ छर्न चाहन्छु
जहाँ अस्तित्व अङ्कुराउन सकोस्
अमर रहन सकोस् युगदेखि युगसम्म
र, अस्तित्व अस्तित्वकै लागि बाँचोस् ।

सगरमाथामा जसले देशको अस्तित्व बोक्छ
लुम्बिनी जसले विश्वशान्तिको सन्देश बोल्छ
संस्कृति जसले सभ्यताको मुहान खोल्छ
बिडम्बना !
सगरमाथामा मेरो अस्तित्व खुल्न सकेन
लुम्बिनीमा मेरो अस्तित्व फुल्न सकेन
संस्कृतिमा मेरो पहिचान घुल्न सकेन ।

म अस्तित्वको अस्थिपञ्जरलाई
मानवीकृत गरी सास भर्न चाहन्छु ।

मेरो अस्तित्व !
मन्त्री भएका काकाको नामबाट होइन
पाइलट भएका मामाको नामबाट होइन
डाक्टर भएकी दिदीको नामबाट होइन
आफैँभित्रबाट अङ्कुराउनुपर्छ
आफैँभित्र फुल्नु र फक्रनुपर्छ
र, मेरो अस्तित्वको गन्ध
तिम्रो नाकले स्विकार्नुपर्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अनुरोध पछि प्रतिनिधि सभाको बैठक २ दिनका

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको