बैगुनीले अब मलाई भुलिदिए हुन्छ
अरूसङ्ग सल्केको भए खुलिदिए हुन्छ ।
दोधारका कुरा गरि तड्पाउनु भन्दा त
त्यो दिलको कारागारमा हुलिदिए हुन्छ ।
किन मान्नु लाज शरम सबै पचेपछि
मंसिरको त्यो धान जस्तै झुलिदिए हुन्छ ।
किन खोज्छ्यौ माली अब तिमी अन्त कतै
मेरो मनको बगैंचामा फूलिदिए हुन्छ ।
पत्थर जस्तो तिम्रो मन पग्लिएन सानु
चिनी जस्तै मेरो मनमा घुलिदिए हुन्छ ।।
शंखरापुर नगरपालिका, वडा नं- ४,फेदी, काठमाडौ
वि.सं.२०७६ चैत १ शनिवार ०९:३६ मा प्रकाशित