Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

लघुकथाः लत्याएको ढुंगो



शुशिला एउटी गरिब तर मेहनती बाबुकी छोरी साँच्चै शुशिल, भद्र र मेहनती पनि थिईन् । आफ्ना बाबुको अटोरिक्सा चलाएरै भए पनि छोरीलाई उच्चशिक्षा दिने सपनालाई जसरी पनि साकार पार्न लागि परेकी सुशिलालाई उनको लगनशिलता देखेर विवेक हृदयबाटै उनलाई चाहन्थ्यो । तर, एउटा सम्पन्न परिवारको विवेकलाई विपन्न परिवारकी केटीसँग प्रेम नगर्न विवेककी आमाले बारबार दवाव दिदै भन्थिन् “त्यस्ता वनियारेकी छोरीले पढन सक्छे ? भोली तिमीलाई त्यस्ती केटी प्रगतिमा वाधक हुन्छे की हुँदिन ?’ विवेकले आमालाई सम्झाँउदै भन्यो ‘आमा शुशिला हजुरले ठाने जस्ती छैन, उ सक्षम छ, सभ्य छ, शुशिल छ, परिश्रमी छ, उ तपाईले देखेको ढुंगो होईन हीरा हो हीरा । तसर्थ म उसैसँग विवाह गर्नेछु ।’

आमा उग्रहुँदै भनिन् ‘मैले भन्देको छु । कान खोलेर सुन । म चाँही त्यो केटीलाई बुहारी स्विकार्न एक सक्तिन, दुई सक्तिन, तीन सक्तिन बुझिस ?’ विवेकले कसैको कुरा नसुनि सुशिलालाई माया गर्थ्यो ।

आज सुशिलाले आइपिएस अफिसरको परिक्षा पास गरिन्, विवेकले गदगद हुँदै बाबुआमाको डर नमानि सुशिलालाई वधाई दिदै फेसबुकमा एउटा शुभकामना संन्देश पोष्ट गर्यो ।

त्यहाँ विवेककी आमाको पनि कमेण्ट थियो, लेखेकी थिईन ‘प्यारी सुशिला मलाई विश्वास थियो तिमी एकदिन उन्नतिको शिखर चुम्न सफल हुनेछ्यौ भन्ने तिम्रो उत्तरोत्तर प्रगतिमा सदा मेरो आशिर्वाद छ, तिमीलाई लाखौंलाख वधाई !’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।